Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकल महिलालाई हेर्ने दृष्टीकोण परिवर्तन भएन

Published on 2:52:00 AM //


गगनशिला खड्का
एकल महिलाहरुलाई समाजले दोश्रो र तेश्रो दर्जाको रुपमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको भन्दै समाज परिवर्तनकालागि मानिसहरुमा चेतनाको विकास गराउनु पर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । मानव अधिकारकालागि एकल महिला समूह गुल्मीले शनिवार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा शुभ दीपावलीको अवशरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा कोही पनि चाहेर वा नचाहेर एकल भएर वाच्नुको पीडा भिन्न हुने भन्दै भाग्ले ठगे पनि एकल महिलाहरुको शिप र जाँगरमा आत्मवल कमजोर वनाउन नहुने उनीहरुको जोड थियो । एकल महिलाहरुलाई शिप र चेतनाको विकास सँगै समाज र घरपरिवारले पनि सहयोग पुराउन सकेमा मात्र उनीहरुको मनोवल वढ्न सक्ने भन्दै समाजमा रहेका एकल महिलाहरुलाई स्थानीय सरोकारवाला संघ संस्थाहरु र राजनैतिक दलहरुले पनि सहयोग पुराउनु पर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु कुनै एनजीव र आईएनजीवको कार्यक्रम भए लुछाचुडी गर्दै भत्ताका लागि कति वेला पुग्ने भनेर हतारिन्थे तर एकल महिलाको कार्यक्रम भनेर होला उनीहरु पनि आउन चाहेनन् भन्दै दलहरुलाई व्यंग्य गरेका थिए । उक्त कार्यक्रममा नेकपा एकिकृत र राप्रकाका प्रतिनिधिहरु वाहेक जिल्लाका अन्य ठूलादलहरुको प्रतिनिधित्व नभएपछि उनीहरुले कार्यक्रममा यस्तो गुनासो गरेका थिए । कार्यक्रममा जिल्ला न्यायाधिस कृष्णराम कोईराला, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, नेकपा एकिकृतका प्रतिनिधि डण्ड पुलामी,राप्रपाकि मिना घर्ति मगर, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी,प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, कालीदत्त गुल्मका प्रमुख सन्तोषकुमार थापा, नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, नेपाल नागरिक समाज गुल्मीका सचिव भुवनप्रसाद अर्याल, लोकतन्त्रिक महिला संजालकि अध्यक्ष विष्णुकुमारी सापकोटा, अन्तरपाटि महिला संजालकि उपाध्यक्ष धना भण्डारी,महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका सचिब गगनशिला खड्का लगायतले आआफ्नो धारणा व्यक्त गर्नुका साथै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । मानव अधिकारकालागि एकल महिला समूहकि अध्यक्ष मिना पन्थको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग