Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृत्रिम अभाव नगर्न उद्योग वाणिज्य संघको आग्रह

Published on 3:49:00 PM //


घनश्याम गौतम
उद्योग वाणिज्य संघले हिन्दुहरुको दोस्रो ठुलो पर्व मानिने दिपावलीमा बजारमा उपभोग्य सामाग्रीहरुको कृतिम अभाव नगराउन र म्याद उल्लेख गरिएका एवं खान योग्य सामाग्री मात्र विक्रि गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
संघको शनिवार बसेको बैठकले चाड पर्वको बेला बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुन सक्ने र त्यसको मार प्रत्यक्ष उपभोक्तामा समेत पर्ने भन्दै कृतिम अभाव नगर्न व्यवसाहीहरुलाई सचेत गराएको हो । बैठकले तिहारको अवसरमा खेलिने देउसी भैलोलाई दिइने सहयोगमा एक रुपता ल्याउन संस्थागत देउसी भैलोलाई प्रति भैलो बढीमा २ सय १ रुपैंया र व्यक्तिगत भैलोलाई बढीमा १ सय १ रुपैंया मात्र दिन पनि सबै व्यवसायीहरु लाई आग्रह गरेको छ । गत वर्षको तुलनामा संघले देउसी भैलोलाई दिने रकममा १ सय रुपैंया बृद्धि गरेको छ । बैठकले तिहारमा अध्याधिक मात्रामा प्रयोग हुने पटका ओसारपसार र विक्रि वितरण नगर्न समेत व्यवसायीहरुसंग आग्रह गरेको छ ।
त्यस्तै बैठकले जिल्लालाई पुष १ गते देखि कालो प्लाष्टिक मुक्त जिल्ला बनाउने घोषणा समेत गरेको छ । कालो प्लाष्टिक झोलामा राखिएको खाध्य सामाग्रीको प्रयोगले मावन स्वास्थ्यमा गम्भिर असर पु¥याउने र वातावरणमा समेत असर गर्ने भन्दै पहिलो चरणमा कालो प्लाष्टिक मुक्त बनाउने र विस्तारै प्लाष्टिक प्रयोग रहित जिल्ला बनाउने अभियानमा लाग्ने संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।
हिन्दुहरुको महानपर्व दिपावलीलाई रमाईलो र सुखदायी बनाउन व्यवसायीहरुलाई कुनै कृतिम अभाव नगर्न र सभ्य बजारको पहिचान दिने गरी देउसी भैलोमा समान सहयोग एवं पटका ओसारपसार र बिक्रि नगर्न आग्रह गरिएको संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए । पछिल्लो समयमा सदरमुकाममा साना सवारी साधनको चाप बढेपछि साँघुरो बजारमा दिनहुं यातायात जाम हुने गरेको छ ।
मुख्य बजारहरुमै दिनहुंको सवार जाम व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई समेत समस्या पर्दै आएको छ । तम्घासमा बढ्दै गएको सवारी चाप व्यवस्थित गर्न यातायात र होटल व्यवसायीहरुसंघ तत्काल छलफल गरी अगाडी बढ्ने निर्णय समेत संघले गरेको भण्डारीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग