Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हरायो मखमली र सयपत्री, कागजका नक्कली मालाले ढाक्यो बजार

Published on 2:51:00 AM //


पि.एम.मगर
नेपालीहरुको महानचाड दिपावली नजिकिदै गर्दा गाउँघरमा चहलपहल बढेको छ । महान चाड बिजया दशमीको बिदाईसँगै तिहारको चहलपहल र बजारमा किनमेलको लागि उपभोत्ताको भिडै बढेको छ । दाजुभाई दिदीबहिनीको सुमधुर सम्बन्धसँग गासिएको यो पर्बमा दिदी बाहिनी दाजु भाईको टिका र उपहारसँग जोडिएको छ ।
अहिले बजारमा भारतका बिभिन्न स्थानबाट आएका कृत्रिम बनिबनावटका माला भित्रिएको व्यापारीहरुले वताएका छन् । पहिले पहिले तिहारमा दिपावलीका लागि माटो र पित्तलको दियोको प्रयोग भएकोमा पछिल्लो समयमा मैनबत्तीको बिकाससँगै माटो र पित्तल बजारमा पाइएपनि पुर्ण प्रयोग भएको छैन । तिहारको लक्ष्मी पुजादेखि भाइटिकाको दिनसम्म घरघरमा साँझ पख दिपावलीमा प्रयोग गरिन्थ्यो । बजार क्षेत्रमा माटो र पित्तलको भाडा प्रयोग भएपनि गाउँघरमा पाइने चिउरी र सालको पातबाट बन्ने दियो पनि लगभग हराइसकेको छ । बजारमा पात नपाइने समस्या होला तर गाउँघरमा पनि बजारमा आएका मैनबत्तीको प्रयोग गर्दा बरु पात भैसीलाई दिइन्छ तर त्यही पातबाट बन्ने दियो प्रयोग गरिन्न । बजारमा पाइने भाडा तथा मैनबत्ती जलाउन नपर्ने हुँदा परम्परागत सांस्कृतिक महत्व लोप हुने अबस्थामा पुगेको छ ।
तिहारमा  मखमली, सयपत्री र गुद्र्योली फुलले बजार ढपक्कै ढाकिने बेला भारतीय प्लाष्टिकको मालाले बजार ढाकिएको छ । गुल्मीको सदरमुकाम तमघास लगायतका विभिन्न वजार क्षेत्रहरु लगायत पाल्पाको तानसेन, रामपुर, आर्यभञ्याङ्ग, गोठादी, अर्घाखाँचीको सन्धीखर्क लगायतका बजारमा तिहारमा दिदीभाईले लगाउने मखमली नभै रगीबिरङ्गी प्लाष्टिकका फुल पसल अगाडी आर्कषक रुपमा
झुण्याइएको छ । मखमली, सयपत्री र गुद्र्योली लगायतका फुलको व्यबसायिक खेती नगरिने र यसको खेती गरेर पनि बेच्ने चलन नहँदा भारतीय प्लाष्टिकको मालाले बजार पाएको हुनसक्ने व्यापारीहरु
को भनाई छ । जिल्लामा सरदर भारतीय यस्ता मालाको पछिल्ला केही बर्ष यता लाखौको बिक्री भएको छ । गाउँ गाउँमा राम्रै गरी सयपत्री र मखमली फुले पनि पछिल्लो समय हेर्दा लोभ लाग्ने खालका
प्लाष्टिकका माला बजारमा देखेपछि गाउँका दिदीबहिनी पनि बजारिया फुलप्रति आर्कषित भएका छन् ।
तिहार पर्बमा बिशेष गरी दाजुभाईलाई लगाइदिने ढाकाटोपीको चलन पनि कम हुँदै गएको छ । तिहारका लागि आबश्यक टोपी, रुमाल, माला, सप्तरङ्गी टिका, ओख्खर, नयाँ कपडा र अन्य सामाग्री समेत पाइने हुनाले केही दिन यता बजारमा सर्वसाधरणको आगमन ह्वात्तै बढेको छ भने व्यापारमा समेत बृद्धि भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग