Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुष १ देखी गुल्मी जिल्ला भर कालो प्लाष्टीकको झोला प्रयोग गर्न नपाईने

Published on 2:47:00 AM //


गगनशिला खड्का
गुल्मीलाई प्लाष्टीक रहित जिल्ला बनाउनको लागी गुल्मी उधोग वाणिज्य संघले पहल थालने भएको छ । शनिवार उधोग वाणिज्य संघको हल पुतली बजारमा बसेको बैठकले गुल्मी जिल्लामा पुस एक गतेदेखी प्लाष्टीक झोला प्रयोगमा ल्याउन नपाईने निर्णय गरेको छ । त्यसका लागि सो समयभित्र जिल्ला स्थित व्यवसायीहरुलाई रातो र सेतो प्लाष्टिक प्रयोगमा ल्याई कालो प्लाष्टिक विस्थापित गर्ने निर्णय गरेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । “ प्लाष्टिकको कालो झोला स्वास्थ्यका लागी बढी हानीकारक हुन्छ , त्यसैले जिल्ला भरी नै यसको प्रयोगमुक्त बनाउने अभियान शुरु गर्दैछौँ , – पोखरेलले भन्नुभयो – मंसिर मसान्तसम्म नै कालो प्लाष्टिकका झोलाहरु हटाई सक्ने र पुस १ गते देखि यसको प्रयोगमा पूर्ण निःशेध गर्ने निर्णय गरेका छौँ । ”
त्यस्तै वैठकले दीपावलीको समयमा देउसी भैलो खेल्ने समुहलाई दिने रकमको विषयमा पनि व्यवसायीका लागि निश्चित दर तोकेको छ । संस्थागत देउसी भैलोका लागि २ सय १ रुपैयाँ र व्याक्तिगत देउसी भैलोका लागि १ सय १ रुपैयाँ दिने निर्णय गर्दै सोही निर्णय अनुसार गर्न व्यवासायीहरुलाई आग्रह गरेको छ । त्यस्तै जिल्लामा यातायात तथा वजार व्यवस्थापनलाई मध्यनजर गर्दै एक दुई दिन भित्रै उद्योग वाणिज्य संघ, होटल व्यवसायी मञ्च तथा यातायात व्यवसायीविच भेलाको आयोजना गरि प्रभावकारी निर्णय लिईने संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले वताउनुभयो । साथै दिपावलीको अवसरमा पटकाजन्य पदार्थ नभित्राउन तथा विक्री वितरण नगर्न साथै उपभोक्ताहरुलाई गुणस्तरीय सामानहरु उचित मुल्यमा विक्री वितण गर्न समेत संघले आग्रह गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग