Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका देउसी भैलो भिडियोमा (भिडियोहरु)

Published on 3:48:00 AM //

तिहार त आई पो सक्यो त । के गर्ने तपाईं नेपाल मै भए त बरु खुबै तिहारको रमझम होला ।  तर नेपालबाट नै यो पोस्ट हेरिरहनुभएका तपाईंहरु मध्य पनि धेरै जना घरअपरिवारबाट टाढा हुनुहुन्छ । के गर्ने सधैं भरी घरमै बस्न चाहेर पनि नहुने है? अब हामी देश बाहिर हुनेहरुको त के कुरा गर्नु र? गएको दसैं पनि त्यस्तै भयो । बिदेशी भुमी, काम, पढाई के के हो के भो नकुरा गरम भो :D । ड्युटी गयो, कलेज गयो, घर फर्क्यो सुरुमै फेसबुक चेक गर्‍यो अनी युटुब र लाइभ एफ.एम रेडियोहरु सुन्न थाल्यो, यस्तै छ हामी सबैको दैनिकी, कि कसो त? धन्न ईन्टरनेट छ र यसो युट्युबमा, अन्लाईन रेडियोमा, टिभिमा देउसी भयो गीत सुन्न, हेर्न पाईएको छ । तिनै गीत सुन्यो, पुराना कुरा सम्झ्यो, देश, घर-परिवार, साथी भाई, चाडपर्व सबै मिस गर्दै बस्यो यसरी नै बित्दै छन दिनहरु हामी मध्य धेरै जनाको । हामीले आफ्नै गाउँ ठाउँमा, तिनै वल्लो गाउँ, पल्लो गाउँका घर घरमा खेलेका देउसी भैलो पनि त बिर्सेंका छैनौ नि हैन ? आहा क्या रमाइलो हुन्थ्यो १५-२० दिनसम्म रिहर्सल गरेर राती राती मैण्टल र लालटिनको उज्ज्यालोमा, साना साना नानीहरुलाई गुन्यु चोली लगाइदिएर, मारुनी र पुरसुङ्गेको टोली सहित घर घर घुमेर भैलो खेलेको याद अझै झल झली आईरहन्छ । ठुला ठुला क्यामराले खिचेर, अनेक थरी ईफेक्ट हालेर रङ्गी चङ्गी बनाइएका देउसी भैलोहरु धेरै नै हेर्यौ हामीले युट्युबमा । आज हामी आफ्नै गाउँ ठाउँमा खेलिने/खेलिएका भैलोका भिडियो सिनहरु जस्ताको तस्तै राख्ने जमर्को गरेको छु । यी सबै भिडियोहरु युट्युबबाट लिईएका हुन । तपाईंसँग पनि तपाईंले गाउँमा खेलेका देउसी भैलोका भिडियोहरु छन भने हामीलाई पठाउन सक्नुहुनेछ ।    

यो माथिको भिडियो गुल्मीको दौँघामा खिचिएको सोरठी नाचको हो । बिशेष गरी तिहारको बेलामा पश्चिम नेपालका केही जिल्लामा गुरुङ-मगरहरुले मात्र नाच्ने सोरठी नाच सँगसङै मारुनी, घाटु, नचरी आदी पनि नाच्ने गरिन्छ ।



यो पनि गजबै छ है । बलिथुम लुम्पेकका देउसेहरुले चारखुट्टेमा देउसी खेल्दै ।  

यो माथिको भिडियो भने तिहारमा भैलो खेलिसकेपछी त्यही भैलोबाट उठेको पैसाबाट आयोजना गरिएको बनभोजको भिडियो हो । यसरी नै झ्याउरे र चुड्कामा पनि भैलो नाच्ने गरिन्छ ।

पहिला पहिला यसरी बनभोज जाने पैसा जम्मा गर्ने उद्देश्यले देउसी खेले पनि आजकाल भने स्कुललाई सहयोग, क्लबलाई चन्दा, बाटो मर्मट, रेडक्रसलाई सहयोग, स्वागतद्वार बनाउने, चौपारी बनाउने, प्रतिक्षालय बनाउने भन्दै देउसी खेल्ने गरिन्छ ।

आजकाल चलचित्रको गीतमा पनि नाचिन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग