Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सलमानले फ्यानलाई मोटरसाइकल दिने

Published on: //
बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म हेर्नका लागि १८ किलोमिटर टाढाबाट साइकल र पैदल आउँने एक प्रशंसकका लागि सानदार मोटरसाइकल उपहार दिने निर्णय गरेका छन्। ४८ वर्षीय सलमानले आफ्नो प्रशंसकलाई लामो समयदेखि भेट्ने प्रयास गरिरहेको बताए ।
सलमानको फिल्म बडिगार्डको प्रदर्शन ताका उनले उक्त प्रशंसकको बारेमो जानकारी पाएको समाचारमा जनाइएको छ। जो फिल्म हेर्नका लागि आफ्नो गाउँबाट १८ किलोमिटरको साइकल यात्रा गरेर फिल्म हलसम्म पुगेको सलमानले एजेन्सीलाई बताएका छन्। सलमानले सञ्चारमाध्ययमसँग भनेका छन– ‘उसको साथमा प्रसस्त पैसा छैन। ऊ फलफुल उत्पादन गर्छ, मानिसलाई फिल्मको टिकट बेच्दै हिँड्छ। फिल्म हेर्न ऊ खुट्टाले हिँडेर आउँछ त्यसैले म उसँग पुग्छु र एउटा सुजुकी मोटरसाइकल दिनेछ।’

सार्वजनिक बसमा कोमल वलीद्वारा उधुम

Published on: //
काठमाडौं  । पोइला जान पाम् भन्दै गीतमार्फत हल्लीखल्ली मच्चाउने लोकगायिका कोमल वली मौका पर्यो भने गीत नगाईकन साँच्चैको आतङ्क मच्चाउन पनि सक्ने रहिछन् भन्ने प्रस्टिएको छ। कलाकार वलीले कुनै फिल्मको सुटिङमा त्यस्तो आतङ्क सिर्जना गरेको नभई चलिरहेको यात्रुवाहक बसभित्र उधुम मच्चाएकी हुन्।
गत २ गते बुटवलबाट काठमाडौंका लागि राति १० बजे प्रस्थान गरेको एक यात्रुवाहक बस नवलपरासीको सुनवल पुग्दा वलीले बसभित्रै एकप्रकारको आतङ्क नै सिर्जना गरेको सँगै यात्रा गर्ने यात्रीहरूको भनाइ छ। बताइएअनुसार लास्टभन्दा अघिल्लो सिटमा अर्की एक महिला मित्रसँग यात्रा गरिरहेकी वली मध्यरातमा अचानक सिटबाट जुरुक्क उठिन् र डाङडुङ गर्न थालिन्। बसमा यात्रा सुरु गर्नुभन्दा चार घन्टाअघि गुल्मीको रिडीमा माघेसङ्क्रान्तिको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा अल्लारे पाराले गीत गाएर युवा दर्शकलाई बुरुक्कै उफारेकी वली मध्यरातमा गुडिरहेको बसभित्र आफैँ उफ्रिपाफ्री गर्न थालेको दृश्य हेर्नलायक थियो। महिलाले मध्यरातमा कोलाहल मच्चाउँदा यात्रुहरूले ठाने कि कसैले उनीमाथि रातको अँध्यारोको दुरुपयोग गर्दै यौनहिंसा पो गरेछ कि? त्यतिबेला बसमा एक आधुनिक सुगम सङ्गीत बजिरहेको थियो। गीत सुन्दै निद्रादेवीको शरणमा पर्न लागेका यात्रुको दिमाग खल्बलिने गरी वली कुर्लंदै थिइन्, ‘महिलाको यत्रो अपमान? महिलाको अधिकार कति छ भन्ने थाहा छैन?’ सुरुमा त यसरी चिच्याउने महिला कोमल वली हुन् भन्ने कसैले भेउ नै पाएनन्। कालो लामो ओभरकोट, कालै पाइन्ट र मुखमा मास्क लगाएकी वली बसमा ‘पोइल जान पाम्…’ र ‘झ्वाँक तन्नेरी…’ बोलको गीत बजाइदिएको भए खुसीले नाच्ने थिइन् होला, तर त्यहाँ अर्कै गायकले गाएको गीत बज्दै थियो। त्यही कुराले उनको कन्पारो तताएको रहेछ। उनीसँगै बसेकी अर्की महिला पनि ‘हो मा हो’ मिलाउँदै वलीलाई साथ दिँदै चिच्याइरहेकी थिइन्। कुनै सिनेमाकै दृश्यजस्तो प्रतीत हुने उक्त घटनाले बसभित्र ठूलो सन्त्रास उब्जायो। वली भने गाडीचालक र त्यसका स्टाफहरूलाई ‘चितवनसम्म त पुग्न दे, तेरो र तेरो गाडीको हालत के हुन्छ’ भन्दै धम्क्याइरहेकी थिइन्।
त्यसरी बेवजह ठूलो स्वरमा धम्क्याउन थालेपछि एक पुरुष यात्रुलाई असैह्य भएछ। यसरी आतङ्क पैदा गर्ने महिला कोमल वली हुन् भन्ने उनले ठम्याइसकेका रहेछन्। ती यात्रु जुरुक्क उठेर प्रश्न गरे, ‘तपाईं गायिका कोमल वली होइन? तपाईंजस्ती सेलिब्रेटीले यस्तो व्यवहार गर्न सुहाउँछ? गाडीस्टाफले यात्रुलाई मनोरञ्जन दिन बजाएको गीत–सङ्गीतप्रति यत्रो नफरत हुने व्यक्तिले दिउँसो रिडीमा छाडा गीत गाएर किन उफ्रेको?’ यसरी ती युवा यात्रुले प्रश्नको फोहोरा छोडेपछि अन्य यात्रुले पनि उनलाई साथ दिएर वलीलाई उल्लीबिल्ली पारे। एकक्षणअघि बाघझैँ प्रस्तुत भएकी वली त्यसपछि रुझेको मुसोजस्तै ओइलाइन्।
नेपाली लोकसङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा सञ्चारकर्मीसमेत रहेकी वलीको त्यस रातको उपद्रव देख्नेहरूले नाम मात्र कोमल भएर नहुने रहेछ, मान्छे त निकै जण्डु पो रहिछिन् भन्दै जिब्रो काडेका थिए। आफ्नै निकृष्ट व्यवहारका कारण यसरी दर्जनौँ यात्रुबीच लज्जित बन्न पुगेकी कोमल त्यसपछि खाना तथा नास्ताका लागि बस रोक्दा पनि सिटबाट शिर ठाडो गरी उठ्न सकिनन्, एकैचोटि बिहान कलङ्की पुगेपछि हतार–हतार ओर्लिएर उनी ट्याक्सी चढी सुइँकुच्चा ठोकेको दृश्य हेर्नलायक रहेको भुक्तभोगी यात्रुहरू यतिबेला रमाइलो मान्दै बताउँछन्। -विक्ली नेपालबाट

‘छ एकान छ’ युट्यूवमा राख्ने युवक पक्राउ

Published on: //
हिमालखबर
शुक्रबार , १० माघ । २६ पुसमा रिलिज भएको नेपाली चलचित्र ‘छ एकान छ’ हलबाट उत्रन नपाउँदै युट्यूबमा अपलोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
हास्यकलाकार दीपकराज गिरीद्वारा निर्मित व्यवसायिक रुपमा सफल  चलचित्र छ एकान छ लाई युट्यूवमा अपलोड गर्ने सन्दिप मगर पक्राउ परेका छन् ।
सन्दिपले हलमा गएर फिल्म मोबाइलले खिची युट्यूबमा राखेको प्रहरीलाई बयान दिएका छन् । अपलोड भएको तीन दिनपछि ४० मिनेट लामो फिल्मको दृष्य युट्यूवबाट हटाइएको छ ।
तीन दिनमा ३५ हजारले यो फिल्म युट्यूवबाट हेरेको निर्माता तथा कलाकार दीपकराज गिरीले हिमालखबरलाई बताए ।
हलमा चलिरहेको फिल्म युट्यूवमा अपलोड गर्दा त्यसको असर फिल्मको ब्यापारमा पर्ने गिरीले बताए । यद्दपी युट्यूवमा सम्पूर्ण फिल्म अपलोड भएको छैन भने यसको दृष्य पनि स्पष्ट छैन ।
चलचचित्रले अहीलेसम्म करोड भन्दा माथिको ब्यापार गरीसकेको पनि गिरीले जानकारी दिए । - हिमाल खबर पत्रीकाबाट 


सुटिङका क्रममा शहरुख खान घाईते

Published on: //
बलिउड अभिनेता शाहरुख खान बिहीबार बिहान फिल्मको सुटिङका क्रममा घाइते भएका छन्। मुम्बईमा सुटिङका क्रममा घाइते भएपछि उनलाई तत्काल नानावती हस्पिटल लगिएको उनीनिकट स्रोतले जानकारी गराएको छ। 
फराह खानले निर्देशन गरिरहेको फिल्म ‘ह्यापी न्यू इयर’को सुटिङका क्रममा सेट नै खसेको एनडिटिभीले जनाएको छ। उनी बिहीबार बिहान मुम्बईको जेडब्लु म्यारियट अस्पतालमा दीपिका पाडुकोनेसँग सुटिङ गरिरहेका थिए। ‘सुटिङका क्रममा खानको सानो दुर्घटना भएको छ, उनको उपचार भइसकेको छ, अहिले उनलाई पुरै सञ्चो भइसकेको छ, सबैलाई शुभकामनाका लागि धन्यवाद,’ शाहरुख खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 


"६ एकान ६" ले २ दिनमा कमायो अठहत्तर लाख

Published on: //
काठमाडौ, पुष २८ । पुषमा कठ्याङ्ग्रीएको फिल्मी बजारलाई फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ले राप दिएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा यी दुई फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएका छन् ।

हलमा कुन फिल्म हेर्ने दर्शकको संख्या कति रु भन्दापनि नेपाली फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य छ भन्ने कुराको पुष्टि शुक्रबार प्रदर्शनमा आएका फिल्मले गरेका छन् । पहिलो शोमै हाउसफुलको व्यापार गर्न सफल दिनेश डिसी निर्देशित फिल्म ‘छ एकान छ’ को शनिबारको व्यापार उच्च रह्यो । देशका झन्डै सत्तरी वटा पर्दामा ‘छ एकान छ’ को शनिबारको शो हाउसफुल रह्यो ।

नेपाली फिल्म हेर्ने दर्शकको संख्या कमै रहने कमलपोखरीको विग मुभिजको पर्दा लगायत अन्य मल्टिप्लेक्स पर्दामा शनिबारको शो हाउसफुल रहेको फिल्मका कथाकार, कलाकार तथा निर्माता दिपकराज गिरीले जानकारी दिए । फिल्मको ग्रस कलेक्सन दुई दिनमा करिब ५० लाख हुने आएको उनले बताए । कमेडी फिल्मले गरेको यो व्यापार हिट भन्दा माथिको हो । ६० लाख लगानी रहेको फिल्मले नेपाल रिलिजबाट सजिलै लगानी उठाउने आशा व्यक्त गरे ।

राजेश हमालको बिहे यही फागुनमा

Published on: //
काठमाडौं, पौष १० । एक वर्षदेखि यो सालको माघमा बिहे गर्ने उद्घोष गरेका अभिनेता राजेश हमालले बिहेलाई फेरि एक महिना पर सारेका छन् । राजाधानीराजाधानीमामा मंगलबार आयोजित एक कार्यक्रममा उनले विवाह मिति पर सरेको जानकारी गराए।
'मधुको परिवारमा शोक परेकाले मिति एक महिना पर गएको हो। हामी आन्तरिक तयारीमा छौं। फागुन खेर जाँदैन,' हमालले भने। हमालले पहिले भनिआएझैं बिहेमा तामझाम नगर्ने योजना पनि दोहोर्‍याए।

मिसेस युनिभर्स क्यारोल नेपाल आउने

Published on: //
काठमाडौं, पुस १० । मिसेज नेपालको तेस्रो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लि नेपाल आउने भएकी छन् ।
इप्लानेटले आयोजना गर्ने मिसेज नेपालका विजेतालाई ताज पहिराइदिन उनी नेपाल आउने भएकी हुन् । क्यारोल आउँदो फेब्रुअरी २० मा तीन दिनका लागि नेपाल आउने संस्थाले जनाएको छ ।

एउटै विज्ञापन खेलेर १२ करोड

Published on: //
बलिउड अभिनेता रणवीर कपुरले एक नयाँ विज्ञापनमा अभिनय गरेबापत १२ करोड रकम पाएका छन्। हालै रणवीर कपुर एक बिस्कुट ब्रान्डको विज्ञापनमा अभिनय गरेको देखिएका थिए, त्यही विज्ञापनबाट उनलाई १२ करोड रुपिया दिइएको हो।

आकर्षक व्यक्तित्वका कारण रणवीर यस कम्पनीको पहिलो प्राथमिकतामा परेको समाचारमा उल्लेख छ। कम्पनीलाई निकै भलादमी र आफ्नो बजेटलाई न्याय गर्न सक्ने खालको कलाकार आवश्यक परेको थियो। कम्पनी रणवीरबाट प्रभावित भएको करण कम्पनीले रणवीरलाई विज्ञापनका लागि सम्पर्क गरेको समाचारमा जनाइएको छ।

समाचारका अनुसार रणवीरले धेरै नै रकम मागेका थिए। उनले १२ करोड नजिककै रकम माग गरेका थिए र कम्पनीले पनि उनको मागलाई स्वीकार गर्दै आफ्नो प्रोजेक्टलाई अगाडि बढाएको हो।

सैफका लागि खाना बनाउँदिनन् करिना

Published on: //
भनिन्छ हरेक पत्नी आफ्नो पतिलाई खुसी गराउनका लागि कुनै विकल्प बाँकी राख्दिनन्। बलिउड अभिनेत्री करिना कपुरले भने आफ्ना पति सैफ अलि खानलाई खुसी पार्नकै लागि भनेर केही काम गर्दैनिन् रे। उनीहरूसँगै रहे पनि सैफका लागि करिनाले हालसम्म खानासमेत नपकाएको करिनाले आफैं स्विकारेकी छिन् ।
यसभन्दा पहिले करिनाले सैफका लागि व्रत नबसेको बताएकी थिइन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सैफ र करिनाको विवाह भएको एक वर्ष भएको छ। केही वर्षदेखि उनीहरू सँगै बसेका पनि छन् तर करिनाले सैफलाई इम्प्रेस पार्नका लागि कहिल्यै पनि आवश्यक ठानिनन् । उनले सैफका लागि कहिल्यै पनि खाना नपकाउने बताएकी छिन्। उनका अनुसार घरमा एक कुक छन्, जसले सैफलाई मन पर्ने खाना बनाउँछन्। अहिले करिना गर्भवती भएको चर्चाले बलिउड तातेको छ ।

पाँच करोड नतिर्दा राजपाल यादव हिरासतमा

Published on: //
प्रसिद्ध बलिउड हाँस्य कलाकार राजपाल यादव र उनकी पत्नी राधालाई पाँच करोड ठगीको मुद्दामा प्रहरीले गिरफ्तार गरेको छ। उनीहरुलाई मंगलबार दिल्ली हाइकोर्टले १० दिनका लागि हिरासतमा राखेको हो।

यादवले सन् २०१० मा आफ्नो फिल्म अता पता लापता निर्माणका लागि दिल्लीको फाइनान्स कम्पनी मुरली प्रोजेक्टस प्रालीबाट पाँच करोड ऋण लिई समयमै रकम नतिरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसै विषयमा कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको थियो। राजपालले अदालतसामु भने उक्त रकम ब्याजसहित भुक्तान गर्ने आश्वासन दिएका थिए। उनले अदालतले दिएको समयमा पनि पैसा भुक्तानी गर्न नसकेपछि अहिले उनलाई जेल चलान गरेको समाचारमा जनाइएको छ।

सोमबार पनि उक्त मुद्दाको सुनुवाइ भएको थियो। तर राजपाल अदालतमा उपस्थित भएका थिएनन् भने उनको वकिल मात्र उपस्थित थिए। राजपालको वकिलले अदालतसामु उनी नजिकै भए पनि आफ्नो कार्यव्यस्तताले गर्दा अदालतम उपस्थित हुन नसकेको बताएको समाचारमा जनाइएको छ ।

शान्तिपुरको चक्रेश्वर मेलामा दिलिप रायमाझी र मन्जिता के.सीको बबाल डान्स (फोटोहरु र भिडियो)

उदय शान्ती युवा क्लब, शान्तिपुर गुल्मीले आयोजना गरेको चक्रेश्वर मेला यतिबेला शान्तिपुरमा जारी छ । यही मंसिर १४ गते शुरु भई आगामी १९ गते सम्म सन्चालन हुने मेलामा बिबिध खेलकुद प्रतियोगिताको आयोजना सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित बृहत लोक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । हेरौँ सोही मेलाको अवसरमा हिजो मंगलवारको कार्यक्रम नायक दिलिप रायमाझी र मन्जिता के.सीको नाचका केही तस्बिरहरु र साथमा भिडियो पनि:








(फोटोहरु सौजन्य: उदय शान्ती युवा क्लब, गुल्मी
 भिडियो हेर्न तल क्लिक गर्नुहोला: 

‘धुर्मुस’ बंगुर पालनतिर

Published on: //

‘मेरी बास्सै’ का चर्चित कलाकार धुर्मुस अर्थात् सीताराम कट्टेल शनिबार ललितपुरको ठेचोमा बंगुरको हूलमा भेट्टिए। लाग्न सक्छ, उनी सुटिङ गर्न कतै बंगुरको खोरमा पुगे होलान्। तर, होइन रहेछ। यहाँ उनी कलाकार होइन, बंगुरपालक रहेछन्।

ठेचो गाविसमा उनको ठूलो फार्म हाउस छ। साडुदाइ मदन तिमलसिनाको सहकार्यमा विपन्न गरिब परिवारलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘नेपाल एग्रिक ल्चर फार्म हाउस’ स्थापना गरेर सोही संस्थामार्फत उनले बंगुरपालन गर्न सुरु गरेका हुन्। दुई वर्षअघि ११ लाख रुपैयाँको लगानीमा सुरु गरिएको बंगुरपालनको कुल पुँजी अहिले ३० लाख पुगेको छ।

वार्षिक डेढ लाख रुपैयाँमा सात रोपनी जग्गा भाडामा लिएर ३० वटा खोरमा अहिले योर्कसायर, लैन्डरेस र ड्युरोक जातका २३ वटा माउ, पाठापाठी ७० र भाले (वीर) दुईवटा बंगुर उनको फार्म हाउसमा छ।

‘मेहनत गरेको दुई वर्षमै करिब तेब्बर परिमाणमा पुँजी बढेको छ’, मदन भन्छन्, ‘हामी पूर्ण रूपमा स्वस्थ्यकर बंगुरको पाठापाठी उत्पादन गर्दै आएका छौं।’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट बंगुरको सातवटा पाठापाठी ल्याएर त्यसैबाट अहिले ठूलो संख्यामा पाठापाठी उत्पादन गरिएको छ। एउटा माउ बंगुरले दुई वर्षमा पाँचपटक बच्चा जन्माउँछ। एक बेतमा १८ वटासम्म दिन्छ। एक वर्षमा ६ सयको संख्यामा माउहरूले बच्चा जन्माउँदै आएको मदनले जानकारी दिए।

धुर्मुसका अनुसार उक्त फार्म हाउसलाई नेपालको नमुना फार्म हाउस बनाउने लक्ष्य राखिएको छ। सातामा दुई दिन बंगुरहरू सँगै रमाउने उनको फार्ममा उत्पादन गरिएका पाठापाठी मासु र पाल्न दुवै काममा प्रयोग हुँदै आएको छ। एउटा पाठापाठीलाई तीन हजारदेखि ३५ सयसम्म बिक्री हुँदै आएको जानकारी गराउँदै धुर्मुसले भने, ‘धादिङ, सुर्खेत, नुवाकोट, काठमाडौं, चितवनसहित नेपालको ३५ जिल्लाका बंगुरपालक तथा मासु व्यवसायीहरूले पाठापाठी लग्ने गरेका छन्।’

फार्म हाउसमा ५० किलोसम्मका वयस्क माउ र भाले बंगुर छन्। धुर्मुस भन्छन्, ‘हामी नाफामुखी होइन, समाजसेवा गर्ने उद्देश्यले पनि बंगुरपालनलाई अघि बढाएका छौं। विभिन्न स्थानमा बंगुरपालनसम्बन्धी जनचेतना फैलाउने काममा पनि सहभागी हुँदै आएको छु।’ फार्म हाउसमा अहिले प्रत्यक्ष रूपमा पाँचजनाले रोजगारी पाएका छन्।

बंगुरपालनका लागि सबैभन्दा ठूलो उनीहरूको खान्की समस्या रहेको अनुभव सँगालेका धुर्मुसका अनुसार बंगुरको छिनछिनमै खाइरहने बानीले गर्दा कुल खर्चमध्ये करिब ८० प्रतिशत रकम उनीहरूको खान्कीकै लागि खर्च हुन्छ। किसानहरूका लागि आफू प्रेरणाका स्रोत भए पनि राज्यको तर्फबाट कुनै पनि सहयोग उपलब्ध नभएको प्रति उनी खिन्न बनेका छन। ‘वर्षमान पुन अर्थमन्त्री हुँदा धेरै पटक भेटियो, तर आश्वासनमात्र पाएँ, कुनै सहयोग पाइएन’, उनले भने।

‘राज्यसँग युवा आकर्षित नीति छैन। जसले गर्दा दिनहुँ दर्जनौंको संख्यामा बिदेसिन बाध्य छन्। राज्यको हेर्ने दृष्टिकोण सही भइदियो भने, कोही विदेश जानुपर्दैन’, कट्टेल भन्छन्। -अन्नपूर्ण पोस्ट दैनिकबाट 

यस्तो देखियो शान्तिपुरमा चक्रेश्वर मेलाको रौनक (फोटोहरु र भिडियो)

उदय शान्ती युवा क्लब, शान्तिपुर गुल्मीले आयोजना गरेको चक्रेश्वर मेला यतिबेला शान्तिपुरमा जारी छ । यही मंसिर १४ गते शुरु भई आगामी १९ गते सम्म सन्चालन हुने मेलामा बिबिध खेलकुद प्रतियोगिताको आयोजना सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित बृहत लोक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
मेलाकै अवसरमा क्लबले स्व. गंगा बहादुर छेत्रीको स्मृतिमा खुल्ला भलिबल रनिङ कप र स्व. चन्द्र कुमारी थापाको स्मृतिमा ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको छ । त्यसैगरी सोमबार र मंगलवार २ दिन सम्म राष्ट्रिय कलाकारहरु नारायण रायमाझी, दिलिप रायमाझी, प्रमोद खरेल, खुमन अधिकारी, कमल गाउँले, हरिमाया रायमाझी, शर्मिला गुरुङ, मन्जिता के.सी, सन्तु थापा लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । कार्यक्रमको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गौरब पन्थीले उद्घाटन गर्नुभएको छ । हेरौँ सोही मेलाको अवसरमा हिजो सोमबारको कार्यक्रमहरुका केही तस्बिरहरु:  


















भिडियो हेर्न तल क्लिक गर्नुहोला: 
तस्बिरहरु सौजन्य: उदय शान्ती युवा क्लब 

सलमान खानका १० चर्चित लफडा

Published on: //

बलिउड सुपरस्टार सलमान खान सधैँ चर्चामा छाइरहने गरेका छन् । कहिले उनी सहकर्मीसँग झगडा गरेर त कहिले दुस्मनी अन्त्य गरेर पनि चर्चामा आउँछन् । त्यसभन्दा पनि बढी उनी हिट फिल्म दिएर र गलफ्रेन्डहरूसँगको सम्बन्धका कारण सधैँ मिडियामा छाइरहेका हुन्छन् ।
पहिलाको दाँजोमा सलमान अचेल निकै सुध्रिएका छन् । पहिला उनले कहिले हरिणको सिकार गरे त कहिले सडकमा सुतिरहेका मान्छेलाई नशाको सुरमा कारले किल्चिए । कहिले फेरि अन्डरवल्र्ड माफिया डनसँगको सम्बन्ध र उनीहरूलाई सुटिङ सेटमा ल्याएर मनोमानी गरेका कारण पनि उनी विवादमा आए । उनले गरेका लफडा अनेक छन् । तीमध्ये चर्चित र विवादित झमेला :

कार दुर्घटना

सलमान सबैभन्दा विवादित र आलोचित भएको लफडा हो– सन् २००२ को कार दुर्घटना । त्यो रात सलमानले चलाएको कारले फुटपाथमा सुतिरहेका मान्छेहरूलाई कुल्चिएको थियो । चारमध्ये एकजनाको स्पटमै मृत्य भएको थियो भने अरू घाइते भएका थिए । सलमान मदिराले मस्त भएर ल्यान्ड क्रुजर हाँकिरहेका थिए । उनीसँग बडिगार्डका रूपमा मुम्बई पुलिसका कन्स्टेबल रवीन्द्र पाटिल थिए । उक्त घटनाको छानबिनका लागि सलमान १७ दिन जेलमा बस्नुपरेको थियो । त्यतिवेला सलमानले आफूले कार नहाँकेको दाबी गरेका थिए । सो घटनामा सलमानलाई ज्यान मुद्दा चलाइएको थियो, जुन अहिले पनि विचाराधीन नै छ ।

हरिणको सिकार 

हम साथ साथ है फिल्मको सुटिङका क्रममा राजस्थानमा सलमानले हरिणको सिकार गरेको कुरा बाहिरियो । त्यसमा पनि उनी निकै झमेलामा परे । त्यतिवेला उनीसँग उनका केही साथी पनि थिए । सिकारका सोखिन सलमानले हरिण मारेको कुराले उनलाई पछिसम्म पनि अदालत धाइरहनुपर्ने बनाइरह्यो । पछि, सुप्रिम कोर्टले सलमानले सो मुद्दा सामना गर्नुनपर्ने आदेश दिएपछि उनलाई राहत मिल्यो ।
सलमानले आफ्नो वेबसाइट सलमान खान फाइल्स डटकम लन्च गरे । सो वेबसाइटमार्फत उनले कार दुर्घटना र हरिण सिकार काण्डको वास्तविकता उल्लेख गर्ने बताएका थिए । उनले सो साइटमा आफूमाथि लागेका मुद्दाका सबै कानुनी प्रक्रियाका विवरण पनि उल्लेख गर्न चाहेका थिए । तर, त्यो कुरा विवादित बन्यो ।

ऋतिकको चित्त दुखाए 

सहकर्मी, भाइहरूसँग पनि सलमानको विवाद परेको छ । त्यसमध्ये उनको एकपटक ऋत्विक रोशनसँग झगडा पर्‍यो । कारण थियो, सलमानले ऋत्विकको फिल्म गुजारिसबारे अन्टसन्ट कमेन्ट गरे । त्यसकारण ऋत्विक सलमानसँग बिच्किए । गुजारिसबारे सलमानले तथानाम बोल्नुको एउटा प्रमुख कारण के पनि थियो भने त्यो फिल्ममा ऐश्वर्या राय पनि थिइन् । तर, ऋत्विक र सलमानको मनमुटाव भने त्यतिवेला सुरु भएको थियो, जतिवेला सलमानको डेब्यु फिल्म मैने प्यार किया रिलिज भएको थियो । त्यो फिल्मबारे निर्देशक सुभाष घईले निकै विवादित टिप्पणी गरेका थिए । त्यतिवेलाका सहायक निर्देशक ऋत्विकले घईको पक्ष लिएका थिए ।

क्याट्रिनालाई हातपात

गर्लफ्रेन्डलाई पिटेको खबर फैलनाले पनि सलमानलाई खराब हिरोका रूपमा लिने गरियो । उनी र तत्कालीन उनकी गर्लफ्रेन्ड क्याट्रिना कैफबीच हुने गरेको मारपिटले मिडिया तताउने गथ्र्याे । त्यतिवेला सलमान र क्याट्रिना एउटा कफी सपमा थिए । तर, एकाएक उनीहरूबीच विवाद बढ्यो । सलमानले क्याट्रिनाको गाला पड्काइदिए । त्यो कुरा मिडियामा पुगिहाल्यो । त्यसपछि त के चाहियो ? केही समयपछि उनीहरूको ब्रेकअप नै भयो ।

माछावालाको उजुरी

एकपटक सलमानविरुद्ध एक माछावालाले पुलिसमा रिपोर्ट हाल्यो । विवादको सुरुवात त्यहाँबाट भएको थियो, जहाँ सलमानले जग्गा किनेका थिए । बान्द्राको त्यो माछावालाले सलमानको बडिगार्डले आफ्नो काममा बाधा पुर्‍याएको भन्दै उजुरी गरेको थियो । माछावालाले आफूले माछा मार्न जाँदा बडिगार्डले अवरोध गरेको भन्दै उजुरी गरेको थियो । तर, त्यो उजुरीको सुनुवाइ के भयो, कसैले चासो दिएन ।

ऐश्वर्यासँगको प्रेम र विवेकलाई धम्की 

ऐश्वर्या रायसँगको प्रेम र विछोडका कारण सलमान निकै तनावग्रस्त भए । हिन्दी फिल्मको रियल हिस्ट्रीमा सलमान–ऐश प्रेमलाई आइडल मानिन्छ । उनीहरूको रोमान्स सन् १९९९ बाट सुरु भएको थियो । त्यतिवेला उनीहरू हम दिल दे चुके सनमको सुटिङमा सँगै थिए । गहिरो प्रेममा परेका उनीहरूको सन् २००२ मा ब्रेकअप भयो । सलमानले ऐश्वर्यालाई निकै तनाव दिए । ऐश्वर्याले सलमानले आफूलाई गाली गर्ने, पिट्नेदेखि लिएर घरको सामान तोडफोड गर्नेजस्ता हर्कत गरेको आरोप लगाएकी थिइन् । ऐश्वर्याका कारण सलमानले विवेक ओबरायलाई ज्यान मार्ने धम्कीसमेत दिए । उनले विवेकलाई एकरातमा ४२ चोटिसम्म फोन गरेर धम्क्याएका थिए । त्यसको केही वर्षपछि सलमानले विवेकलाई भेटेर ‘सरी भैया’ भनेका थिए ।

बर्थडे पार्टीमा बबाल

सलमानले सञ्जय दत्तकी वर्तमान पत्नी मान्यताको बर्थडे पार्टीमा समेत बबाल मच्चाए । त्यस दिन उनको फिल्म निर्माता बन्टी बालियासँग झगडा भएको थियो । त्यो दिन उनलाई सम्हाल्न सञ्जयलाई समेत गाह्रो परेको थियो । सञ्जयले झगडा साम्य पार्न आफ्ना बिजनेस म्यानेजर तथा निकट मित्र धरम ओबरायलाई अघि सारी बन्टीलाई त्यहाँबाट भगाएका थिए ।
भन्सालीबारे भद्दा कमेन्ट

सलमानले गुजारिस फिल्मबारे भद्दा कमेन्ट गरेर निर्देशक सञ्जयलीला भन्सालीको समेत चित्त दुखाए । उनले गुजारिस रिलिजको समयमा एउटा बच्चाले गुजारिसबारे राखेको जिज्ञासामा सलमानले भने, ‘तिमी गएर भन्सालीलाई भेट । उसले तिम्रोबारेमा पनि फिल्म बनाउँछ र खुब कमाउँछ । तर, तिमीलाई एक सुको पनि दिँदैन ।’ यो कुराले निर्देशक भन्साली सलमानसँग चिढिए । सलमान रिसाएको वेला मुखमा जे आयो, प्याच्चै बोलिदिन्छन् । फेरि, आफूलाई मन नपरेको मान्छेबारे नराम्रो बोल्ने बानीले गर्दा उनलाई वेलावेलामा विवादमा तानिरहन्छ । पत्रकारहरूसँग उनको विवाद हुनुलाई बलिउडमा सामान्य मानिने गरिएको छ ।

जोनसँग झगडा

जोन अब्राहमसँग पनि सलमानको विवाद परेको थियो । उनीहरूको झगडा त्यतिवेला परेको थियो, जतिवेला उनीहरू रकस्टारको कन्सर्टबाट फर्किएका थिए । पछि, अक्षय कुमारले उनीहरूबीचको विवाद मिलाएका थिए । अक्षयले भनेपछि सलमानले जोनसँग काम गर्न मानेका थिए । त्यसपछि जोन आफ्नो फिल्मको प्रमोसनका लागि बिस बोसको पाँचाँै संस्करणको सेटमा आएका थिए, जहाँ सलमान होस्ट थिए । अहिले पनि उनीहरूको सम्बन्ध बाहिर देखिएझँै सुमधुर भने छैन ।

अन्तर्वार्ताका कारण लज्जित 

एउटा पाकिस्तानी च्यानलमा अन्तर्वार्ता दिने क्रममा सलमानले एउटा यस्तो कुरा बोले, जसले गर्दा उनी लज्जित हुनुपर्‍यो । मुम्बईमा भएको २६/११ को आक्रमणबारे उनले भनेका थिए, ‘यो आक्रमणमा अलि धेरै धनी मान्छेको ज्यान गयो । त्यसैले यो घटना धेरै उछालिएको हो ।’ यो कुराले सलमान आफैँ लज्जित हुनुपर्‍यो । पछि, उनले ‘साना सहरमा सधँैजसो रेलमा आक्रमण भइरहन्छ, मान्छेको हत्या हुन्छ, तर त्यसमा त्यति धेरै ध्यान दिइँदैन’ भनेर आफ्नो भनाइको बचाउ गर्न खोजे । सलमानको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले उनलाई अप्ठ्यारोमा पार्ने गरेको छ । जसकारण उनले कतिपय अवस्थामा सार्वजनिक रूपमै माफी माग्नुपरेको छ ।

प्रियंकासँग विवाद

सलमान र प्रियंका चोपडाबीचको विवाद पनि निकै चर्चित भएको थियो । सलमानले आफ्नो फिल्म मै और मिसेज खन्नामा प्रियंकालाई केमियो रोलका लागि आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरिन् । सोही कारण उनीहरूबीच विवाद भयो । त्यसपछि प्रियंकाको शाहरुख खानसँग निकै राम्रो दोस्ती भयो । प्रियका शाहरुखसँग नजिकिएपछि सलमानले उनीसँग सम्बन्ध सुधार्न जरुरी ठानेनन् । त्यही कारण सलमान र शाहरुखको झगडा पनि पर्‍यो । पछि, उनीहरूले आफ्नो सम्बन्ध सुधारे ।

(नयाँ पत्रीकाका लागि एजेन्सिको सहयोगमा लक्ष्मणले तयार पारेको रिपोर्ट ।)

मेरी बास्सैका ‘दाह्री बुढा’ र ‘मुलाको साग’ एमाओवादीमा

Published on: //
काठमाडौं, १ मंसिर । चर्चित हाँस्य टेलिश्रृङखला मेरी बास्सैका दुई कलाकार एमाओवादीमा प्रवेश गरेका छन् ।
मेरी बास्सैमा दुई सम्धीको भूमिकामा रहेका दाह्री बुढा (शुरवीर पण्डीत) र मुलाको साग (सुरेन्द्र केसी) एमाओवादी प्रवेश गरेका हुन्  । उनीहरुलाई अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए ।
सो टेलिश्रृङखलामा पण्डित धुर्मुसको बुबा तथा केसी सुन्तलीको बुबा बन्द सम्धीको भूमिकामा छन् ।



तस्बिरहरु: प्रकाश दाहालको फेसबुकबाट 

कलाकार जितु नेपाल मुन्द्रे लण्डनमा

Published on: //
लण्डन—हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को टोली यतिबेला लण्डन आइपुगेको छ। चार साता लामो कार्यक्रम तय गरेर उनीहरु लण्डन आएका हुन्। कार्यक्रमको व्यस्तताले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनमा मतदान गर्न नपाएकोमा जितुले दुःखेसो पोखे।
‘संविधानसभाको निर्वाचनमा भोट हालेर केही पाइने होइन, पेशा गरेर खानुपर्ने मान्छे, नेता खुसी पार्नभन्दा दर्शक खुशी पार्न लण्डन आएको हुँ’, जितुले भने।
काठमाडौं क्षेत्र नं २ का मतदाता जितुले कुनै पनि पार्टीको बहुमत नआउने भविष्यवाणी गरे। डाँफे इन्टरटेन्टमेन्टको आयोजनामा बेलायतका विभिन्न शहरमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन्। नेपाली समुदायको घनाबस्ती भएको सबै क्षेत्रमा कार्यक्रम गर्ने योजना रहेको कार्यक्रम संयोजक सुमन अधिकारीले बताए।
जितु तेस्रो पटक बेलायतमा कार्यक्रम लिएर आएका हुन्। जितु यस पटक सोसियल मिडिया प्रयोगकर्तामाथि व्याग्य हान्ने दाउमा छन् । विदेशप्रति नेपालीको मोह, फेसबुक, च्याटिङ आदि बिषयलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गर्ने उनले बताए । राम्रो कथा सोच्दै छु ठ्याक्कै दिमागमा आयो भने जिरे खुर्सीनीको केही भाग पनि सुटिङ गर्छु उनले भने ।
मंगलवार लण्डन आइपुगेका जितुलाई पूर्वीय गायक खेम गुरुङ, शम्भु राई र भीम निरौलाले कार्यक्रममा साथ दिने छन् । केन्ट, फेलथाम, पलम्स्टेड, अल्डरसट, फानब्रो, बेम्लीलगायत करिब दुई दर्जन स्थानका कार्यक्रम गर्ने उनीहरुको तयारी छ । -नेपाल ब्रिटेन डट कमबाट 

निर शाह, मेलिना मानन्धर सहित सय बढी कलाकर्मी कांग्रेसमा प्रवेश

Published on: //
संविधानसभा निर्वाचन नजिकिँदै गर्दा राजनैतिक माहोल तातेको छ। यो तातो माहोलमा कलाकारहरू पनि रमाउन थालेका छन्। आसन्न निर्वाचनलाई हेरेर कलाकारहरूको एक समूह नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ।

शनिबार बिहान कांग्रेस सभापति सुसील कोइराला निवास महाराजगन्जमा आयोजित एक समारोहबीच एक सय जति कलाकारले सिन्दुर माला पहिरिएर कांग्रेस प्रवेश गरेका हुन्। संविधानसभाको दोस्रो निर्वाचनको संघारमा आएर चर्चित अभिनेता नीर शाहदेखि युवा नायक जीवन लुइँटेलसम्मका कलाकारले कांग्रेस प्रवेश गरेका हुन्।

केही महिनाअघि नै उनीहरूलाई पार्टी प्रवेश गराउन खोजिए पनि समय नमिलेका कारण हालै मात्र पार्टी प्रवेश गराइएको समारोहमा जनाइयो। दर्जनँैं कलाकारलाई आफ्नो पार्टीमा प्रवेश गराएपछि सभापति कोइरालाले आफ्नो पार्टीमा यसरी कलाकारको प्रवेश हुनु खुसी र गौरवको कुरा भएको चर्चा गरे।

‘कला, संस्कृति र धर्मको विकास प्रजातन्त्रिक व्यवस्थामा मात्रै हुन्छ’, कोइरालाले भने– ‘हाम्रो पार्टीले सरकारमा रहे पनि नरहे पनि कलाकारहरूलाई सदैव नजिकबाट हेर्नेछ।’ उनले कलाकारको तर्पmबाट आसन्न संविधानसभाको निर्वाचनमा महत्त्वपूर्ण सहयोग कलाकारहरूकबो तर्फबाट हुने आशासमेत व्यक्त गरे। पार्टी प्रवेशका क्रममा अभिनेता नीर शाहले आफूहरू कांग्रेसमा प्रवेश गर्नुको पृष्ठभूमि खोतल्दै भने– ‘मुलुकले हरेक क्षेत्र र पेसाका मानिसबाट केही न केही अपेक्षा गरिरहेको यस समयमा हामीले पार्टीमा प्रवेश गरेका हौं। मानवीय अधिकार, स्वतन्त्रता र उन्मुक्तिको ग्यारेन्टी यस पार्टीले मात्रै गर्न सक्ने भएकाले हामी कांग्रेसमा लागेका हौं।’ पार्टीको सांस्कृतिक विभागका तर्पmबाट नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको संयोजनमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले परिआएको खण्डमा कलाकारका लागि पार्टीले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।

पार्टी प्रवेश गर्नेहरूमा कलाकर्मीहरू नीर शाह, श्याम राई, नायक वीरेन श्रेष्ठ, मुकेश ढकाल, आकाश खवास, नायिका मेलिना मानन्धर, माला लिम्बु, रूपा राना, निर्देशक सुरज सुब्बा नाल्बो, राज मानन्धर, स्मृति तिमिल्सिना, रेनेसा राई, ताराप्रकाश लिम्बु, रोशन वान्तवा, राजीव श्रेष्ठ, सन्तु तामाङ, सञ्चारकर्मी स्वस्तिका पन्थी सिलवाललगायतका थिए। १ सय १६ भन्दा बढी कलाकर्मी र सञ्चारकर्मी पार्टी प्रवेश गरेको घोषणा गरे पनि नाम लिइएका दर्जनौं कलाकर्मीहरू समारोहमा सरिक थिएनन्। समारोहका आयोजकद्वारा उपलब्ध गराइएको नामावलीमा भने विभिन्न विधाका १ सय १६ जनाको नाम छ। कार्यक्रममा अभिनेता नीर शाहले ठट्यौली गर्दै भोटसमेत माग्न भ्याएका थिए। उनले हाँस्दै भने– ‘भोटचाहिँ यसपालि रूखमा है। हामीले भन्न त पर्यो नि।’ कलाकारितालाई राजनीतिले गहिरो रूपमा हस्तक्षेप गरेकाले र कलाकारको संरक्षण कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूको जिकिर रहेको थियो ।

फोहोर शब्दसहित ज्यानको धम्की आएपछि सुष्मा प्रहरीको शरणमा

Published on: //
नायिका सुष्मा कार्कीले सुनिनसक्नु छाडा शब्दसहित ज्यानको धम्की आएपछि प्रहरी गुहारेकी छिन्। उनले आफूलाई छाडा शब्द प्रयोग गरी ज्यान मार्ने धम्की आएको भन्दै शुक्रबार प्रहरी प्रभाग हुनमानढोकामा उजुरी दर्ता गराएकी हुन् । उध्रेको चोली गर्ल सुष्माका अनुसार कसैले आफूलाई शिल्पा कार्की र आकृति पाण्डे भन्ने फरकफरक नाम भन्दै धम्की दिएको उजुरीमा उल्लेख गरेकी छिन् । सुन्नै नसक्ने अश्लील शब्दसहित पटकपटक फोन गरेर ज्यानको समेत धम्की दिएकाले प्रहरीकहाँ पुगेको सुष्माले जानकारी गराएकी छिन् ।

उनका अनुसार ती महिलाले ३ दिन यता व्यक्तिगत कुरासमेत जोड्दै फोनबाट धम्क्याइरहेकी छिन्। उनका अनुसार ती महिलाकै माध्यमबाट विभिन्न युवकले समेत फोनमा गाली गर्ने गरेका छन् । रात बेरात फोन गरेर नानाभाँतीका फोहोर शब्द प्रयोग गरी गाली गर्ने गरेको सुष्माको आरोप छ । प्रहरीले भने यसबारेमा अनुसन्धान गरिने जनाएको छ ।

कृष ३ ले तेड्यो चेन्नाई एक्सप्रेशको रेकर्ड

Published on: //
मुम्बई/एजेन्सी– ऋतिक रोशनको सुपरहिट फिल्म ‘कृष –३’ले बक्स अफिसमा नया इतिहास बनाएको छ । फिल्म ब्यापार विशेषज्ञका अनुसार कृष–३ ले नया रेकर्ड बनाएको छ । फिल्मले एक दिनमा सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड समेत तोडेको छ । कोमल नाहटा र तरण जस्ता फिल्म ब्यापार विशेषज्ञका अनुसार कृष–३ ले सोमवार अर्थात रिलिजको चौथो दिन मात्र ३५.९१ करोड भारतीय रुपैया कमाई गरेको छ ।
यो कमाई हिन्दी फिल्मले अहिलेसम्म एक दिनमा कमाई गरेको मध्ये सबैभन्दा धेरै रकम हो । यस अघि यही वर्ष प्रदर्शन भएको शाहरुख खानको चेन्नई एक्सप्रेशले राम्रो ब्यापार गरेको थियो । सो फिल्मले रिलिज भएकै दिन करिब ३३ करोड रुपैया कमाई गरेको थियो । चेन्नई एक्सप्रेश भन्दा अघि सलमान खानको एक था टाईगरले पहिलो दिन ३२.५ करोड रुपैया कमाई गरेको थियो । फिल्म समिक्षक तरण आदर्शले ट्वीट गर्दै भनेका छन् ‘कृष –३ ले प्रदर्शनको पाँचौ दिनसम्म बलिउड बक्स अफिसमा एकसय ३० करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको छ ।
त्यसो त कोमल नाहटाले पनि तरणको भनाईलाई पुष्टि गरेका छन् । दिपावलीको दुई दिन अघि प्रदर्शन भएको कृष–३ को विषयमा दर्शकले समेत फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् । यही गतीमा फिल्मको ब्यापार भईरहेमा कृष–३ लाई चेन्नई एक्सप्रेशको रेकर्ड तोड्न समस्या हुने छैन । चेन्नई एक्सप्रेशले कुल २सय २६ करोड रुपैयाको कारोबार गरेको थियो । क्रिसले गरेको व्यबसायिक सफलताका कारण यो फिल्मका कलाकार एवँ प्राविधिकहरु समेत अहिले दँग छन् । यो फिल्मका निर्देशक राकेश रोशनले त आफ्नो फिल्मले विश्वव्यापी रुपमा एक हजार करोड रुपैयाँको व्यापार गर्ने बताएका छन् ।
आफुले अहिलेसम्म खेलेको फिल्म मध्य सर्वाधिक व्यापार गर्न सफल फिल्मको रुपमा अभिनेता विवेक ओवरायले क्रिस–३लाई लिएका छन् । यो फिल्ममा उनले खल चरित्रको भूमिका निर्वाह गरेको छन् । क्रिस–३मा ऋतिक रोशनले तेहेरो भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा ऋतिकसँग प्रियँका चोपडा, कँगना रनावत लगायतको मुख्य भूमिका रहेको छ ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग