Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भर्खरै झिलीमिली बनेको गाउँ फेरी अध्यारो

Published on 12:13:00 AM //


मनोज बस्नेत
अध्यारो गाउँघर १ महिना अगाडीबाट बिजुलीले झिलीमिली भएपछी मख्ख बनेका गुल्मीको पौँदीअमराई र मुसिकोट गाविसका बासिन्दा बिद्युत अबरुद्ध भएपछी निराश बनेका छन् । परोपकार बहुउदेश्यीय सहकारी सस्ंथा वामीटक्सार बाट सञ्चालीत लघुजलबिद्युत गत ६ दिन देखी अबरुद्ध भएपछि पहिले अध्यारोमा बस्न बाध्य उपभोक्ताहरु केही समयको रमझम पछि फेरी अध्यारोमै बस्न बाध्य बनेका हुन् । बिद्युत अबरुद्ध भएपछी मुसिकोट गाविस र पौँदी अमराई गाविसको वार्ड नम्बंर १, २, ९ र २ का उपभोक्ताहरु मर्कामा परेका छन् ।
बिद्युत अवरुद हुदाँ सम्पुर्ण बिद्युतीय सामाग्री अहिले ठप्प बनेको उपभोक्ताहरुले गुनासो गरेका छन् । वामीटक्सारको बिद्युत पावर हाउसमा बिद्युतिय सामाग्री ‘रनर’ भाचिँयपछि बिद्युत अवरुद्ध भएकोले २–३ दिन पछी सञ्चालनमा आउने मुसीकोट लघुजलबिद्युत उपभोक्ता समितिका अध्यक्ष अर्जुन सिहं ठकुरीले जानकारी दिनुभयो । हालै सञ्चालीत लघुजलबिद्युतको लाईन विस्तार गर्ने क्रम जारी रहेको स्थानीय पत्रकार आरबि थापाले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग