Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनावको माग्दै जनमोर्चाको प्रदर्शन

Published on 7:33:00 PM //


विष्णु पौडेल
स्थानीय निकायमा जनप्रतिनिधीको चुनाव गराउनुपर्ने माग अगाडि सारेको राष्ट्रिय जनमोर्चाले आज गुल्मी लगायत देशभर प्रदर्शन गरेको छ । राष्ट्रियताको रक्षा गरौँ, संघियताको विरोध गरौँ भन्ने मुल नारा सहित जनमोर्चाले आज देशभर प्रदर्शन गरेको हो । गुल्मीको जिल्ला सदरमुकाम तम्घासमा आज जनमोर्चाले स्थानीय निकायको निर्वाचन गर, संघीयता खारेज गर, महंगी भ्रष्टाचार नियन्त्रण गर, गणतन्त्रको सुदृढिकरण गराँैँ, राष्ट्रियताको रक्षा गराँै भन्दै नारा जुलुस समेत गरेको थियो । जुलुसपछि सभामा वोल्ने वक्ताहरुले स्थानीय निकायहरु जनप्रतिनिधी विहिन हुँदा जनतालाई सास्ती भएको हुँदा तत्कालै स्थानीय निकायको निर्वाचन गराउन माग गरेका थिए । सभामा वोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय वैकल्पिक सदस्य सोमकुमार कार्कीले स्थानीय निकायमा जनप्रतिनिधी नभएका कारण मिलीमतोमा रकम दुरुपयोग हुने गरेको वताउनुभयो ।
उहाँले जनप्रतिनिधी मुलक संस्थाको स्थापनका लागी सवैले हातमा हात मिलाएर अगाडि वढ्न समेत आग्रह गर्नुभयो । उहाँले एक फरक प्रसंङ्गमा नेपालको लागी यति ठुलो संविधान सभा नचाहिने भन्दै सवैले कमाइखाने भाडो वनाउनका लागी षड्यन्त्रमुलक तरिकाले यसको स्थापना भएको समेत जिकिर गर्नुभयो । सभामा क्षेत्र नम्वर ३ का क्षेत्रीय अध्यक्ष चिन्तामणि भट्टराई, कतार नेपाली एकता समाजका भीमकान्त पन्थी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीको अध्यक्षता रहेको कार्यक्रमको स्वागत सहसचिव कमल अर्याल र सञ्चालन सचिव छविलाल सतुङ्गीले गर्नुभएको थियो । यस्तै पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा पनि प्रदर्शन भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग