Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बारीमा काम गर्न गएकी श्रीमती बेपत्ता

Published on 5:22:00 PM //


दुई महिनादेखि बेपत्ता श्रीमती खोज्दै गुल्मी अर्वेनीका देवेन्द्र श्रेष्ठ पोखरा आइपुगेका छन् ।

घरबाट बारीमा काम गर्न गएकी २६ बर्षिया श्रीमती कुसुम बेपत्ता भएपछि चिन्तित उनले खोजीका लागि सबैसँग आग्रह गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका श्रेष्ठ श्रीमती हराएलगत्तै भदौ ४ गते स्वदेश आएका थिए ।

श्रीमती बेपत्ता भएपछि विभिन्न जिल्लामा खोज्दै पोखरा आएका देवेन्द्रले तीन वर्षको छोराको बिचल्ली भएको बताए । उनले श्रीमती खोजी गरिपाऊँ भन्दै जिल्ला प्रहरी तम्घासमा उजुरीसमेत दिएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग