Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिना टनेल उस्तै

Published on 2:20:00 PM //

घनश्याम गौतम 
टमाटर भन्नासाथ टनेल बनाएर मात्रै रोप्नुपर्छ भन्ने मान्यता छ । वषर्ामा टनेल बाहिरै यहाँका एक दर्जन गाविसमा रोपिएको टमाटर निकै फलेको छ । यो सिजनमा यहाँका युवाले झन्डै २ करोड रुपैयाँको बिक्री गरिसकेका छन् । 

व्यावसायिक रूपमा ठूलो लुम्पेक, हुँगा, गौंडाकोट, जैसीथोक, अर्खले लगायत गाविसका युवाले प्लास्टिक टनेल बाहिरै रोपेर यतिधेरै आम्दानी गरेका हुन् । वषर्ामा परीक्षणका रूपम टनेल बाहिर गरिएको टमाटर खेतीले युवालाई उत्साहित गराएको हुँगाका कृषक विष्णु भण्डारीले बताए । 'निकै ठूलो जोखिम मोलेर टनेल बाहिरै टमाटर उत्पादनका लागि परीक्षण गरेका थियौं,' भण्डारीले भने, 'यसले हामीलाई सफल बनायो ।' भण्डारीको नेतृत्वमा गाउँका १५ भन्दा बढी युवाले टमाटर खेती गरेका छन् । उनीहरूले सामूहिक रूपमा रोपेका १९ हजार बिरुवामा उत्पादन भएको टमाटर बिक्री गरेर १३ लाखभन्दा बढी आम्दानी गरेका छन् । टनेलभन्दा बाहिर रोपिएको बिरुवाले बढी उत्पादन दिएको भण्डारीले बताए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेका अनुसार जिल्लाका विभिन्न गाविसमा युवाहरूले २ सय ४३ रोपनी जग्गामा टमाटर खेती मात्र गरेका छन् । यस वर्षको वषर्ाको सिजनमा मात्र रोपिएका १ लाख ८० हजार टमाटरका बिरुवाबाट उत्पादन भएको टमाटर बिक्री गरेर युवाहरूले १ करोड ८० लाख आम्दानी गरेको कार्यालयले जनाएको छ । 'युवाहरूले जोखिम मोलेरै वषर्ाको समयमा समेत प्लास्टिक टनेल बाहिरै टमाटर उत्पादन गर्ने अभियान चलाएका थिए,' घिमिरेले भने, 'कार्यालयले सोचेभन्दा निकै राम्रो परिणाम आयो ।' उनका अनुसार कार्यालयले सिर्जना जातको टमाटरलाई मात्र टनेल बाहिर उत्पादन गर्ने गरी परीक्षण गर्न सुझाव दिएको थियो । युवाहरूले आपै+m खोजी गरेका मारिना जातको टमाटरसमेत राम्रो उत्पादन भयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग