Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउसी खेले दृष्टिविहिनहरु

Published on 6:56:00 PM //


साकिला खातुन
“छैनन् आखाँ तर हामीलाई अन्धा नभन, देशको लागि केहि गर्ने छौ तर धन्दा नमान” यस्ता गितहरु गाउदै गुल्मीमा पहिलो पटक दृष्टिविहिनहरु देउसी भैलो खेलिरहेका छन् । हातमा सेतो छडीको सहारामा तिहार भित्रीए लगतै गुल्मीको बलेटक्सारबाट सुरु गरेका दृष्टिविहिनहरु सदरमुकाम तम्घास बजारमा भोली मंगलबार सम्म देउसी भैलो खेल्दै छन् । नेत्रहिन संघ गुल्मीले आयोजना गरेको देउसी भैलो दृष्टि हुनेहरुको भन्दा कम छैन् । संघका उपाध्यक्ष चुरामणी घिमिरेले परम्परागत शैलीमा देउसी भैलो भट्टउदा युवा पिडिको समेत मन छुने गर्दछ ।
संघको कार्यालय स्थापनार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको अध्यक्ष काशिनाथ ज्ञवालीले बताए । बे्रनलिपीको माध्मबाट शिक्षिका समेत रहेकी दृष्टिविहिन शशी घिमिरेले निकै मन छुने गितहरु गाएर दर्शकको मन जित्न सफल भएकी छन् । उनको गितहरुमा दृष्टि भएका कोपीला घिमिरे, ममता दगांल, सिर्जना न्यौपाने, ममता पौड्याल, पुष्पा दगांल र सुरक्षा न्याउपानेले नृत्यमा साथ दिइरहेका छन् । सोमबार साझ सम्म उनीहरुले ३० हजार भन्दा बढी रकम संकलन गरेको र भोली सम्म ५० हजार भन्दा बढी रकम संकलन हुने लक्ष लिएको अध्यक्ष काशिनाथले जानकारी गराए । कार्यलय भवन स्थापनाकालागि नेपाली कांग्रेसका पूर्व सभापति शुरेशचन्द्र भुषालले सक्दो सहयोग गर्ने बचन दिएको र नेवा खल गुल्मीका अध्यक्ष गोमराज श्रेष्ठले रु ५ हजार सहयोग गर्ने जनाइएको छ ।
देउसी भैलोमा पौदी अमराई ३ का एउटै परिवारका ४ जना दृष्टिविहिन दाजु चुरामणी घिमिरे, भाउजु ममता ज्ञवाली र बहिनिहरु मनिषा र शशी घिमिरे सहित १ दर्जनभन्दा बढी दृष्टिविहिनहरु सहभागी छन् । उनीहरुले समाजको विकृती विसंगती विरुद्ध अभियान चाल्ने र देश विकासको हरेक क्षेत्रमा दृष्टिविहिनहरुको पनि दायित्व छ भन्ने उद्देश्य राख्दै अगाडी बढेको बताएका छन् । राज्यले आफुहरुलाई रोजगार लगाएतको सुविधा प्रदान गरोस भन्ने देउसी भैलो गित मार्फत माग गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग