Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पड्केनन् पटका, सुनसानमै बित्यो तिहार

Published on 2:25:00 PM //


घनश्याम गौतम
अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको तिहार सुनसान रूपमा सम्पन्न भएको छ । स्थानीय प्रशासनले कडाई गरेपछि यस वर्ष सदरमुकाम सहित जिल्लाका अधिकांश बजारहरूमा कुनै पटकाको आवाज सुनिएन । जुवातास र देउसी भैलोमा समेत यस वर्षकतै बढी उत्साह देखिएन् । जिल्ला प्रशासनले तिहार अघि नै र्सवपक्षिय बैठक राखेर जुवातास नियन्त्रण र राती अवेरसम्म देउसी भैलो नखेल्ने वातावरण बनाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह र निगरानीपछि रातीमा बढी होहल्ला हुने गरी देउसी भैलो र जुवातास नखेलेको भएपनि दिउसोमा खेल्ने देउसी भैलोहरूमा समेत उत्साह नेदेखिएको तुराङ्गका राममणी अर्यालले बताए ।
प्रायः लक्ष्मी पुजाको दिनदेखि पड्किने पटकाहरू नपड्किदा सदरमुकाममा तिहार आएजस्तै नभएको व्यवसायी तारा भुसालले बताए । अघिल्ला वर्षहरूको तुलनामा देउसी भैलो समेत नदेखिएको उनले बताए । यस वर्षको तिहारमा २० रूपैंयामै देउसी भैलो उम्किए’, उनले भने, अघिल्ला वर्षहरूमा देउसी भैलोमा मात्र ८/१० हजार खर्च हुने गरेको थियो ।’ सदरमुकाम केही समुहका संस्थागत भैलोहरू देखिएको भएपनि अन्य बजारहरूमा संस्थागत भैलो खेल्नेहरू समेत देखिएका थिएनन् ।
सदरमुकाम तम्घासमा ठुला ठुला जुवातास चल्ने होटलहरूमा समेत यस वर्षठुला खेल नभएको व्यवसायीहरूले जनाए । अघिल्ला वर्षहरूमा १०/१५ लाख रूपैंयाका कारोवार हुन्थे’, तम्घासकै एक होटल व्यवसायीले भने, यस वर्षकुनै पनि होटलमा १ लाख रूपैंयाको जुवा भएको मैले जानकारी पाईन ।’ प्रायः बढी पट्का पड्कने र ठुला जुवा खेलिने यहाँका सदरमुकाम सहित शान्तिपुर, मजुवा, खैरेनी, बडागाउँ, हस्तिचौर लगायतका क्षेत्रमा समेत ठुला जुवाहरू नभएको स्थानीयले बताए ।
जिल्लाका कुनै पनि स्थानमा तिहारको समयमा बढी होहल्ला नभएको र जुवातास खेलेकै अवस्थाम कसैलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ । पटका त हामीले निषेध नै गरेका थियौं’, सहायक प्रमुख जिल्ला अधिकारी जग्दीशचन्द्र नेपालीले भने, अन्य होहल्ला भएको र ठुला जुवातास भएको पनि अहिलेसम्म जानकारी आएको छैन् ।’ यस वर्षको तिहार शान्तपूर्ण रूपमै सम्पन्न भएको नेपालीले बताए ।
जिल्लामा पटका विक्रि नगर्न यस वर्षशुरू देखि नै उद्योग वाणिज्य संघले समेत व्यवसायीहरूलाई आग्रह गर्दै आएको थियो । संघको आग्रह अनुसार कुनै पनि व्यवसायीहरूले जिल्लामै पट्का नभित्र्याएको संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग