Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउसी भैलो साँझ, रिडिका फोटोहरु

Published on 5:02:00 PM //

गुल्मीन्युजका समस्त मित्रहरुमा तिहारको शुभकामना । देउसी कत्तिको खेल्दै हुनुहुन्छ? खासै खेल्ने फुर्सद पाउनु भएको छैन होला पक्कै पनि । मन नै नभएको त हैन तर पनि के गर्ने धेरै जना देश बाहिर हुनुहुन्छ । नेपालमै हुनेहरु पनि जिल्ला बाहिर हुनुहुन्छ । जिल्लामै हुनेहरु पनि काममा  हुनुहुन्छ । घर मै हुनेहरु पनि धेरै कम मात्रै खेल्दै हुनुहुन्छ होला । तर एउटा कुरा म्यारिज र फराँस (फलास) भने पक्कै जमाउँदै हुनुहुन्छ होला । 
अस्तिको गुल्मीन्युज पोस्टमा गुल्मीमा खेलिएका देउसी भैलोका भिडियोहरु राखेको थिएँ, खुबै मन पराइदिनुभएको थियो । यसपाली भने हिजो मात्र रिडिमा आयोजना गरिएको भैलेनी आईन आँगन साँझ, २०६८ का केही तस्बिरहरु राख्ने जमर्को गरेको छु रुरु नेटवर्कको सहयोगमा, यसको लागि रुरु नेटवर्कलाई धेरै धेरै धन्यवाद ।  तपाईं सँग पनि देउसी भैलो सम्बन्धी फोटोहरु छन भने info@gulminews.com मा पठाउन सक्नुहुनेछ । थप फोटोहरु अर्को पोस्टमा केही बेर पछी ।          












0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग