Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारगारका वन्दीहरुको तिहार, टिका लगाए देउसी पनि खेले (फोटो फिचर)

Published on 7:18:00 PM //

 जनार्दन घिमिरे
भाइ टीकाको दिन आज जिल्ला कारागार गुल्मीमा पनि वन्दीहरुले आफ्ना दिदीवहिनीहरुको हातवाट टीका लगाई खुसियालीका साथ तिहार पर्व मनाएका छन् । कारागारमा रहेका आफ्ना दाजुभाइलाई दिदीवहिनीहरुले टिका लगाई दिर्घायूको कामना गर्नुका साथै, उनीहरुलाई सगुन ख्वाई विभिन्न उपहारहरु समेत दिएका थिए ।
 उनका दाजुभाइहरुले पनि आफ्ना दिदी वहिनीको हातवाट टीका थापि आआफ्नो गच्छे अनुसार दक्षीणा र उपहार समेत दिएका थिए । आफ्ना दिदीवहिनीको हातवाट टीका लगाइसकेपछि वन्दीहरुले कारागार भित्र मारुनी नाचँ सहित मादलको तालमा देउसी भैलो समेत खेली भाइतिहार मनाएका छन् । जिल्ला कारागार गुल्मीले वन्दीहरुलाई टीका लगाईदिन आएका दिदीवहिनीहरुलाई व्यवस्थित रुपमा टीका लगाउन सहयोग पुरायको थियो ।
 जिल्ला कारगार शाखा गुल्मीमा २५ जना वन्दी अट्ने क्षमता भएपनि अहिले ७ जना महिला सहित ६५ जना वन्दिहरु रहेको कारागार प्रमुख कृष्णप्रसाद अधिकारीले वताएका छन् । कारागारमा क्षमता भन्दा तेव्वर वन्दीहरु रहेका कारण कारागारका साथै वन्दीहरुले पनि विभिन्न समस्या भोग्नु परेको छ ।
 तिहारको दिन आज विहानैदेखि सदरमुकम तम्घासवाट लामो तथा छोटो दुरिका कुनैपनि सवारी साधनहरु संचालन भएका छैनन् ।
सवारी साधनहरु संचालन नभएपछि कतिपय दिदीवहिनीतथा दाजुभाइहरु आफ्ना दिदीवहिनी र दाजुभाइहरुको हातवाट टीका थाप्न र टीका लगाउन पैदलै हिँडेर जना वाध्य वनेका छन् । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग