Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरा र छोरी विचको विभेद कहिले अन्त्य हुन्छ ?

Published on 3:59:00 PM //

सीता भण्डारी,
सरकारले छोरा र छोरीलाई हेर्ने दृष्टिकोण समान रहेको चर्को नारा लगाएपनि अर्घाखांचीको अर्घातोष गाविसमा भने विभेदको अन्त्य भएको छैन । समाजमा अहिलेपनि छोरा र छोरी प्रतिको विभेद नहटेको राम्रो उदाहरण बनेको छ, अर्घाखांचीको अर्घातोष ।
अर्घातोष ५ अरौदीका ४१ वर्षिय गोपाल विश्वकर्माले छोराको आशामा ९ बटा छोरीलाई जन्म दिएर विभेदको अन्त्य नभएको उदाहरण बनेका हुन् । जेठी र माइली छोरीको विवाह भैसके को गोपालको कान्छी छोरीका रुपमा तीन वर्षीय आलीश्मा छन् । दैनिकजसो मजदुरी गरेर जिविकोपार्जन गरेका उनी छोरा को आशमा दशौ सन्तान समेत जन्माउन पछि नपर्ने बताएका छन् । छोरीले जतिसुकै ठुलो पद धारण गरेपनि छोराजस्तो आंटीलो काम गर्न नसक्ने उनको तर्क छ । समाजमा अहिले पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा कुनै फरक नआएको गोपाल विश्वकर्मा जस्तै कैयौ मानिसको ग्रामीण भेगमा छोरा प्रतिको मोह कायम रहेकोे प्रष्ट देखिन्छ ।
जनचेतना, अशिक्षा, अन्धविश्वासका कारण छोराछोरी समान हुन् भन्ने कुरा ज्ञान नहुंदा २१ औं सताब्दीमा समेत गोपाल जस्तै सयौ दलित, गरिव तथा विपन्न परीवार अहिले पनि छोराको मोहमा आपनो जिन्दगी अन्धकारमय बनाएको पतो पाएका छैनन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग