Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानिय युवा युवतिको खुकुरी प्रहारबाट दुई प्रहरी घाईते

Published on 4:00:00 PM //

सीता भण्डारी,
जिल्ला प्रहरी बागलुङबाट बा.न.पा.– ३ गुठीमा खटीएको गस्ती टोली माथी खुकुरी प्रहार भएको छ । हिजो साँझ भएको खुकुरी प्रहारबाट दुई प्रहरी जवान घाईते भएका छन् । घाईते हुनेमा प्रहरी जवान दिपेन्द्र शुक्ल र मुकेश हरिजन रहेका छन् । बागलुङ नगरपालिका–३ गुठीका १८ बर्षीय सन्तोष नेपाली, ३० बर्षीय लक्ष्मी नेपाली, २० बर्षीय जमुना नेपाली, मायाँ नेपाली र रुकेश परियारले गस्तीमा खटिएका प्रहरी जवान माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । टाउको र हातमा चोट लागेका घाईते दुवै प्रहरी जवानको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भैरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न रहेका सबैलाई नियन्त्रणमा लिएको बताएको छ । 
मदिरा सेवन गरी हो हल्ला गरेको अवस्थामा प्रहरी त्यहाँ पुग्दा उनीहरुमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । चतुर्वेदीका अनुसार अनुसन्धान पछि अभियुक्तहरु विरुद्ध ज्यान मार्ने उद्धोग अन्तरगत मुद्धा दर्ता गर्ने तयारी गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग