Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागी ६ घर जलेर नष्ट, १४ लाख वरावरको क्षती

Published on 3:50:00 PM //


सीता भण्डारी,
वाग्लुङको दगातुम्डाडा गा.वि.स. वडा नं. ७ को दनिया पोखरी टोलमा आज विहान आगलागी हुदा ६ घर नष्ट भएका छन् भने परिवार विस्थापीत भएका छन् । आज विहान करिव साढे ४ वजेतिर भएको आगलागीवाट मानविय क्षती नभए पनि अन्न र लत्ता कपडा पुर्ण रुपमा जलेर नस्ट भएको छ ।  आगलागीमा १ भैंसि, १ गोरु, १ गाई र २ खरायो परेको प्रहरी चौकी खर्वाङका प्रहरी सहायक निरीक्षक धर्मराज गिरिले जानकारी दिनुभएको छ । आगलागिवाट  पतिराम राना, श्याम वहादुर राना, टक वहादुर राना, नर वहादुर राना, हिरा वहादुर राना, र तुल वहादुर राना (कुमाल) को घर जलेर नष्ट भएका हुन्  । आगलागी वाट करिव १४ लाख वरावरको क्षती भएको प्रहरी चौकी खर्वाङले जनाएको छ । आगो पतिराम राना को घरवाट सुरुभएको थियो । स्थानिय वासिन्दा, प्रहरी र रेडक्रसकर्मीहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागि कसले र कसरी भयो भन्ने वारेमा थाहाहुन नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग