Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बटुवा वृत्तान्त

Published on 2:56:00 AM //

गुल्मी, बम्घाका हरिप्रसाद ज्ञवालीले लामो समय शिक्षण र वामपन्थी आन्दोलनमा बिताए । छ दशक अघिदेखिका जीवन जगत्का विविध अनुभव, अनुभूति संगालेर उनले पुस्तक ल्याएका छन्, 'धरतीको बटुवा ।' पुस्तकमा नेपाली राजनीति र प्रजातान्त्रिक/वाम आन्दोलनका विविध पक्षका साथै ज्ञवाली स्वयम्ले भोगेका व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनका कथाहरू समेटिएका छन् ।

जीवन जिउन र समाजका लागि केही गर्न एकजना स्वाभिमानीले भोगेका सुखदुःख, संघर्ष र जीवनशैलीका विभिन्न पाटाहरू यसमा उधिनिएका छन् । गुल्मीको ग्रामीण वातावरणको बयानदेखि अमेरिका यात्रासम्मका संस्मरण यसमा छन् । जीवनयात्राको गोलचक्करका विभिन्न विषय र विधा अटाएको पुस्तक गैरआख्यान विधाको पठनीय कृतिका रूपमा आएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग