Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैंमा छोरा हैन, छोराको शब आउने भो

Published on 2:00:00 PM //

सिता भण्डारी
दशैमा घर आउनका लागि टिकट हातमा लिएर वसेका गुल्मी आँपचौर ३ नेवारे निवासी ४० वर्षीय तीर्थराज खरेलको कतारवाट शव आउने खवर पाएपछि परिवारजन आँशुमा डुवेका छन् ।
आज भोली घर आईपुग्नुपर्ने टिकट हातमा लिएर वसेका खरेल असौज १० गते काम गर्ने स्थान नजिकैको एक पुरानो घरमा मृत अवस्थामा फेला परेको खवर परिवारजनले पाएपछि आँशुमा डुवेका हुन् । छोरा आउने आशामा जमरा हुर्काएर वसेका उनका वावु आमा अव छोराको शव कतिवेला आउँछ भन्ने पर्खाईमा छन् । ७/८ वर्ष अघिदेखि कतारको एक कम्पनीमा कार्यरत खरेल सात महिना अघि मात्र कम्पनी छाडेर कतारकै मुमताज भन्ने स्थानको होटल ट्याक्सीमा काम गर्न थालेका थिए ।
चार महिना अघिदेखि विरामी परेका खरेललाई होटल मालिकले उपचार पनि नगरेको र घर आउने टिकट पनि नदिएपछि दशैमा घर झिकाउनका लागि आफुहरुले रु एक लाख पठाएर भाई घर फर्किन लागेको अवस्थामा यस्तो खवर पाएको मृतकका दाजु रामु खरेलले वताए । दुई दिनअघिदेखि वेपत्ता भएका खरेललाई रहस्यमय रुपमा झुण्डिएको अवस्थामा फेला परेको र आत्महत्याको पोष्टमार्टम रिपोर्ट आएको छ भन्ने सुनिएको दाजु खरेलले वताए । शव नेपाल पठाउन ढिला सुस्ती भएकाले नेपाल सरकारले पहल गरिदिन खरेल परिवारले आग्रह गरेका छन् । खरेलको श्रीमति सहित दुई छोरा र एक छोरी रहेका छन् ।
त्यस्तै छिमेकी जिल्ला अर्घाखाँचीको पाली गाविसका अर्का एक नेपाली पनि दशैमा घर आउन टिकट लिएर वसेको अवस्थामा दुवईमा मृत अवस्थामा फेला परेको खवर प्राप्त भएको छ । तीन वर्ष अघि दुवई पुगेका पाली गाविस वार्ड नं. ७ पन्थी टोल निवासी ३४ वर्षीय शुशिल पन्थी भाद्र २९ गते दुवर्ईस्थित एक भारतीय मालिक सञ्जय मेहताको घरमा पानी ट्याङ्की भित्र मृत अवस्थामा फेला परेको खवर प्राप्त भएको दाजु कमल पन्थीले वताए ।
मृत्यू हुनुको तीन दिनपछि दशैमा घर आउने टिकट लिएर वसेका पन्थी एकाएक वेपत्ता भई खोजी गर्ने क्रममा मालिककै घरको पानी ट्याङ्कीमा डुवेको अवस्थामा फेला परेको जानकारी आफुहरुलाई गराईएको पन्थीले वताए । मृतक पन्थीका श्रीमति, एक छोरा, एक छोरी सहित कपिलवस्तुको महेन्द्रकोट गाविस चङ्गा भन्ने स्थानमा वसोवास गर्दै आएका छन् । मृत्यु भएको १५ दिन वितिसक्दा पनि शव नेपाल फर्काउनमा नेपाल सरकारले पहल नगरेको प्रति गुनासो गर्दै मृतकका परिवारजनले छिटो शव नेपाल झिकाउन आग्रह गरेका छन् ।
 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग