Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्यो बाघ आतङ्क, दिनदहादै घरघरै डुल्न थालयो बाघ

Published on 6:34:00 PM //

अनिल खत्री 
गुल्मीको हुँगा गाउँ विकास समितिमा केही समय यता बाघले स्थानीय वासीहरुलाई त्रसिद बनाउँदै आइरहेको छ । वस्ति नजिकैको मकैवारीमा बस्ने, गोठहरुमा सुत्ने तथा दिउँसोकै समयमा घर घरमा हिंडन थालेपछि स्थानीय वासिन्दा यसरी त्रसिद हुँदै गइरहेका हुन । दिउसोकै समयमा बाघ मानव वस्तिमा हिंड्न थालेपछि घरमा बालबच्चा छाडे र टाढा टाढा जान र नजिकैको बारीमा समेत घाँस, दाउराका लागि जान डर हुँदै गइरहेको स्थानीय सौगात सागर भण्डारी बताउनुहुन्छ ।
अहिलेसम्म हुँगामा मात्र ३० भन्दा बढी घरपालुवा जनावरमाघि आक्रमण गरिसकेको छ । यही अनुरुप नियन्त्रणमा लिन नसक्ने हो भने थप घनजनको क्षति हुनसक्नेमा स्थानीयबासीहरु चिन्तित हुन थालेको गुल्मीको हुँगा बाट ऋषिराम भण्डारीले बताउनुभएको छ ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग