Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्यो तिहारमा प्रहरी सकृयता

Published on 2:35:00 PM //

टोपलाल अर्याल
नेपालीहरुको दशै पछि अर्को ठुलो पर्व तिहार नजिकीदै जादा गाउँ तथा सहर झिमिली भएको छ । तिहारमा घरघरमा राखिने झिलिमिली बतिले तम्घास बजार तथा गुल्मी जिल्ला मनोहक भएको छ । तिहारमा दिदि तथा बहिनिको हातको टिका लगाउनको लागी घर छोडेर टाढा भएका आफ्न्तहरु घर फर्किने क्रम जारी रहेको छ । भने पसलहरुमा तिहारको लागी आवश्यक सामाग्री किन्नेको भिडलागेको छ । तिहार नजिकीदै जादा सवारी सधान हरुमा खचाखच भरीएका छन् ।

तिहारको अवसर पारेर गुल्मीको सदरमुकाम तम्घासबजारमा शान्त्ति र सुरक्षा कायम गर्ने उद्धेश्यले प्रहरीले सक्रियता बढाएको छ । विशेष गरेर तिहारकोे अवसरमा हुने जुवातास विकृती बिसंङ्गति, पटका आतंक, र लागुपदार्थ सेवन जस्ता क्रियाकलापको नियन्त्रण गर्नको लागी यस्तो अभियान थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । तिहारका बेला पटका बेचबिखन गर्ने, पटका पड्काएर आतकं फैलाउने, जुवातास खेल्ने, खेलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने, क्षमता भन्दा बढि यात्रु तथा सामान राखेर चलाउने सबारी साधानहरुलाई कारबाही गरिने जनाइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग