Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुर्य बहादुर थापाको श्रद्दन्जली सभा सम्पन्न

Published on 2:37:00 PM //

टोपलाल अर्याल
 गत अशोज २४ गते राति स्थानिय युवाहरुको छुरा प्रहार बाट मृत्यु भएका प्रहरी जवान सुर्यबहादुर थापाको आज १३ औ दिनको पूण्य तिथिको अबसरमा गुल्मीको नयागाउँमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । उक्त सभा स्थानिय सुरक्षा सहयोग समिति नयाँगाउको आयोजनामा भएको सभामा बुद्धिजिबि हरी थापा, छन्द बहादुर पहराई, स्थानिय यूवा कल्वका प्रतिनिधी, शिक्षक, आमा समुह, प्रत्रकार लगाएको उपस्थिति रहेको थियो ।
साथै स्थानिय सुरक्षा सहयोग समितिको अगुवाइमा पिडित परिवारलाई राहातकोष स्थापना गरी जम्मा भएको रकम लाइ केही समय पछि एक कार्यक्रमका बिच प्रदान गरीने समितिका अध्यक्ष लक्षमण कुवँरले जानकारी दिनुभयो । साथै कार्यक्रममा अबको सुरक्षा रणनिती कस्तो बनाउने भन्ने बिषयमा समेत छलफल भएको स्थानिय नारायण जिसिले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग