Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँको उपस्वास्थ्य चौकीमा २४ घण्टे उपचार सेवा

Published on 3:51:00 PM //


घनश्याम गौतम
स्थानीयकै पहलमा दुर्गमको उपस्वास्थ्य चौकीले २४ घण्टे सेवा उपलब्ध गराउ“दै आएको छ । सदरमुकामबाट ६ कोष पश्चिममा रहेको अमरपुर उपस्वास्थ्य चौकीले दुई वर्ष देखि सर्वसाधरणलाई २४ सै घण्टा उपचार सेवा उपलब्ध गराउ“दै आएको हो । सेवा पाएपछि दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने स्थानीय विपन्न कुमाल समुदायलाई बढी फाइदा पुगेको छ ।
चौकी इन्चार्ज सिनियर अहेव युवराज भण्डारीका अनुसार २४ घण्टे सेवा अन्तर्गत शुरु देखि अहिलेसम्म १ हजार भन्दा बढीले सेवा लिएका छन् । गाउ“मा दिनभर ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने कुमाल समुदाय बढी रहेको र उनीहरु प्रायः स्वास्थ्य सेवाबाटै बञ्चित हुने गरेपछि कुमाल समुदायलाई नै लक्षित गर्दै व्यवस्थापन समिति र स्थानीयकै पहलमा सुत्केरी सेवा, आकस्मिक सेवा र अस्थायी परिवार नियोजन सेवा २४ सै घण्टा उपलब्ध गराउ“दै आएको भण्डारीले बताए ।
उपचारका लागि दैनिक ४० जनासम्म आउने चौकीमा २ वर्षको अवधिमा अत्याधिक सेवा लिनेहरुमा पनि स्थानीय कुमाल समुदाय नै बढी छन् । परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग नगर्ने यहा“का कुमाल समुदायमा जन्मदर अध्याधिक छ । एक परिवारमा ९ जनासम्म बालबालिका रहेको चौकीले जनाएको छ । समुदायको जन्मदर कम गर्नका लागि पनि उनीहरुलाई जतिबेला आएपनि सेवा दिने गरी व्यवस्था मिलाईएको उपस्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण पराजुलीले बताए । चौकीको सेवा विपन्न र कुमाल समुदायप्रति बढी लक्षित भएपनि सबै समुदायले विहान सा“झको सेवा बढी लिने गरेको पराजुलीले बताए ।
चौकीले जतिबेला पनि जा“च गर्न थालेपछि आफुहरुलाई निकै सजिलो भएको अमरपुर–१ की २३ वर्षिया सरस्वती कुमालले बताईन । ‘आफुलाई फुर्सद भएको बेलामा आएर जचाउ“न पाउ“दा धेरै नै सजिलो भएको छ’, विहान ७ बजे नै चौकीमा भेटिएकी कुमालले भनिन्, ‘दिउसो मेलामा जाने भएकाले विहानै आएकी हु“ ।’ पहिला चौकी नजाने सरस्वतीले यस वर्ष आफु चार पटक गर्भ परिक्षणका लागि आईसकेको बताईन ।
झण्डै ५ सय घर परिवार रहेको कुमाल समुदायका अधिकांश महिलाहरु गर्भ परिक्षण, अस्थायी परिवार नियोजनका साधनका लागि, घाउ चोट लागेमा, ज्वरो आएमा लगायतका रोगको उपचारका लागि विहान सा“झमा मात्र चौकीमा जाने गरेको अमरपुर–४ का कृष्ण भण्डारीले बताए । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरीबहादुर के.सी.ले जिल्लाका २० बर्थिङ्ग सेन्टर मध्ये पश्चिम क्षेत्रको अमरपुर निकै राम्रो भएको बताए । ‘उपस्वास्थ्य चौकीहरु मध्ये अमरपुर जिल्लाको दोस्रो पुरस्कार बिजेता र बर्थिङ्ग सेन्टरमा उत्कृष्ट हो’, डाक्टर के.सी.ले भने, ‘२४ घण्टे सेवा प्रदान गरेर पश्चिम क्षेत्रकै नमुना बनेको छ ।’ के.सी.का अनुसार जिल्लाका ग्वाघा, सिमिचौर, पल्लीकोटले पनि उत्कृष्ट सेवा प्रदान गरिरहेका छन् ।
चौकी इन्चार्ज भण्डारीका अनुसार संस्थामा गत वर्ष ६ हजार ५ सयले सेवा लिएका थिए । ति मध्ये २५ प्रतिशत बिरामीले २४ घण्टे सेवा लिएका छन् । चार सरकारी सहित ५ स्वास्थ्यकर्मी कार्यरत चौकीमा अमरपुर, अर्जै, घमिर, इश्मारजस्थल, धुर्कोटरजस्थल लगायत गाविसबाट समेत सेवाग्राहीहरु आउने गरेको इन्चार्ज भण्डारीले बताए । चौकीमा सरकारले उपलब्ध गराउने गरेको अधिकाशं औषधी पनि नियमित उपलब्ध हुने चौकीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग