Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तीम चरणमा

Published on 2:05:00 PM //


मनोज बस्नेत
आगामी कार्तिक १८ देखी २१ गते सम्म गुल्मी तम्घासमा हुन गईरहेको दोस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको छ । बिभीन्न कारणले पटक–पटक स्थगीत हुदैँ आएको प्रतियोगिताको तयारी अन्तीम चरणमा रहेको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका सयोंजक गोविन्द बहादुर विकले बताउनुभयो ।
प्रतियोगिता सञ्चालन हुने तम्घास चिदीचौरको नेपाली सेना, कालिदत्त गुल्म र जिल्ला प्रहरी कार्यालय गुल्मीका जवानहरुले आज बिहान सरसफाई गरेका छन् । लामो समय देखि यस्ता खालका प्रतियोगिताहरु सञ्चालन नहुदाँ अव्यवस्थीत बनेको चिदीचौरलाई यस अघि नै डोजर लगाई सम्म पारिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग