Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीपको ढोकाबाट खसेर एकको मृत्यु

Published on 7:39:00 PM //

तम्घास-तानसेन सडक खण्ड अन्तर्गत पाल्पाको देउराली लगुवामा गुडिरहेको जिपबाट खसेर एकजनाको ज्यान गएको छ । अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ आउँदै गरेको लु१ज ११६८ नम्बरको जिपबाट खसेर गुल्मी दौँघा गाविस वडा नम्बर ६ का १८ वर्षीय मानबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिपको ढोकामा झुण्डिएर यात्रा गरिरहेका नेपालीको टाउकोमा गम्भीर चोट लागेकामा उपचारका लागि तानसेन तर्फ ल्याउँदै गर्दा बीच बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग