Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 1:50:00 AM //


-"निराश बिरही" रेशम श्रीस


सुन्दर सुन्दर तन हेर्ने भेटे परदेशमा कोही
बेचेर जवानी धन हेर्ने भेटे परदेशमा कोही

आफ्नो मतलबको लागि, सम्बन्ध जोडेर पनि
अरुको भित्री यो मन हेर्ने भेटे परदेशमा कोही

पसिना चुहिँदा कठै, कठोर बनेर मुस्काउँदै
उसैका दुर्गती झन हेर्ने भेटे परदेशमा कोही

बिर्सेंर स्वार्थिपन त्यो, एउटै दृष्टीबाट सोच्ने
असल मनवी-पन हेर्ने भेटे परदेशमा कोही

बिदेशी शहर देखी, गाउँले परिवेश सम्म फेरी
सदैब नेपाली जन हेर्ने भेटेँ परदेशमा कोही

बिबश लाचार बनी, स्वाधिनता भुलेर धर्मै
फेरेर खुशीको क्षण हेर्ने भेटे परदेशमा कोही

शुन्यतामा उजाड माझ, निखार्दै उदासताले कतै
मनैमा हरियो बन हेर्ने भेटे परदेशमा कोही

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग