Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिबाद नै बिबाद माथि फेरी अर्को बिबाद, शिक्षक-कर्मचारिहरुले पाएनन तलब

Published on 6:38:00 PM //

अनिल खत्री
बुर्तिबाङ स्थित श्री उत्तर गंगा उच्च माध्यमिक विद्यालयमा बारम्बार दोहोरिदै आइरहेको प्रअ प्राचार्य विवाद फेरि व्यूतिएको छ । कहिले विद्यालय व्यवस्थापन समितिका विषयमा विवाद त कहिले प्रअ प्राचार्य अनि कहिले शिक्षक स्टाफको विवाद, विवादै विवादको गोलचक्करमा फसिरहेको यो विद्याको मन्दिरमा यतिवेला फेरि दशैं जस्तो पर्वका अवसरमा शिक्षकहरुले चौमासिक तलव नपाएको भन्दै आज सम्पूर्ण शिक्षक स्टाफ तथा कर्मचारीहरुको नाममा एक विज्ञप्ति प्रकाशित गरेको छ ।
प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘ विगत लामो समय समय देखि यस श्रीउत्तरगंगा उच्च माध्यमिक विद्यालय बुतिबाङमा प्राचार्य काण्ड र यस बाट सिर्जित राजनैतिक हस्तक्षेपले यस विद्यालय मात्र होइन, यस क्षेत्र कै शैक्षिक वातावरणलाई धमिल्याएको छ । जसबाट पेशागत शिक्षक स्टाफ तथा कर्मचारीहरुको पेशागत सुरक्षा तथा सेवा सुविधा र हक हित सम्बन्धि समस्याहरु गम्भीर बन्दे गइरहेकाछन् । भर्खरै मात्र आर्थिक वर्ष २०६८÷०६९ को चौमासिक तलव जिल्ला शिक्षा कार्यलय बाट निकासा गरिएको तलव रकम  स्वघोषित इश्वरी प्रसाद पौडेलले शिक्षक स्टाफ र कर्मचारीलाई वितरण नगरेपछि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साथै उक्त कार्यको घोर भत्र्सना एवं खेद प्रकट गर्दछौं ।
उक्त बिज्ञप्तीमा  थप भनिएको छ — शैक्षिक शत्र सुरु भएपछि दुई प्र.अ. तथा स्वघोषित प्राचार्य धनबहादुर कुवँर तथा इश्वरी प्रसाद पौडेलले एक अर्काले भिन्ना भिन्नै हाजिरी रजिष्टर खडा गरेको तथा एक अर्काले लुकाउने गरेपछि विवाद सिर्जना हुँदा स्टाफहरुको सहमतिमा छुट्टै हाजिरी रजिष्टर खडा गरि हाजिरी गर्दै आइरहेको र केही समय पछि शिक्षक नगेन्द्र खरेलले आफ्नो अधिकार क्षेत्र बाहिर गएर शिक्षकहरुको हाजिरी रजिष्टरमा एकाएक केरमेट गरि काटेपछि थप विवाद सिर्जना भएको थियो । त्यसपछि उनले आफूले गरेको गल्ती स्वीकार गर्दै विद्यालयमा नरहने गरि राजीनामा दिएको उललेख गरिएको छ ।
त्यस्तै थप भनिएको छ — शिक्षक स्टाफको नाममा निकासा गरिएको तलव रकम करिव २० लाख रुपैयाँ शिक्षक, स्टाफ तथा कर्मचारीहरुलाई वितरण नगरि आफ्नो राजनैतिक आस्था मिल्नेलाई मात्र हाजिरी मिलान गरिएको भन्दै तलव वितरण गरिनु दशैं जस्तो पर्वका अवसरमा शिक्षक स्टाफ र कर्मचारीमा गरिएको अन्याय भन्दै विद्यालयमा ठाडो राजनैतिक हस्तक्षेप भएका कारण विद्यालयमा दधिराम शर्मा तथा इश्वरी प्रसाद पौड्यालले मनोमर्जी रकम खर्च गरिरहेको साथै विद्यालयमा राजनैतिक आस्थाकै आधारमा योग्यता नपुगेका शिक्षक दिपक घिमिरेलाई विज्ञापन नै नगरि ठाडो नियुक्ति गरिएको भन्दै सम्पूर्ण शिक्षक स्ताफ तथा कर्मचारीहरुको तर्फबाट यसखालको राजनैतिक हस्तक्षेपको घोर भ्रत्सना र विरोध जनाउँदै तत्काल तलव भत्ता वितरण नगरिए विद्यालयमा तालावन्दी, हड्ताल, शिक्षा कार्यालय घेराउ समेतका चरणवद्ध आन्दोलनमा उत्रने जानाकारी गराउँदछौं । यसवारे इश्वरी प्रसाद पौडेल सँग हामीले बुझ्न खोज्दा उहाँसँग टेलिफोन सम्पर्क हुन भने सकेन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग