Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारागार प्रमुखको शरुवाको माग सहित वन्दीहरु ४८ घण्टे रिले अनशनमा

Published on 4:22:00 AM //


जनार्दन घिमिरे
जिल्ला कारागार गुल्मीका वन्दीहरुले आजदेखि ६ वुँदे माग सहित कारागार भित्र ताला लगायर रिले अनशन शुरु गरेका छन् । कारागारमा रहेका वन्दीहरुले जिल्ला कारागार शाखाका प्रमुखले वन्दीहरु माथि दमन शोषण गरि अमानवीय व्यवहार गरेको र राज्यले उपलव्ध गराएको सेवा सुविधाहरु पनि नियमसंगत तरिकाले वन्दीहरुलाई नदिएको भन्दै उनीहरुले दोश्रो चरणको आन्दोलन अन्र्तगत कारागार प्रमुख कृष्णप्रसाद अधिकारीको शरुवा को माग सहित आज वेलुकिदेखि ४८ घण्टे रिले अनशन शुरु गरेका हुन् । उनीहरुले आज एक विज्ञप्ती जारि गरि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी समक्ष आफ्ना मागहरु गत तीन दिन अगाडि पेश गरेकोमा उक्त मागहरु प्रति कुनै सुनुवाई नभएको भन्दै आजदेखि आफुहरुले ४८ घण्टे रिले अनशन शुरु गर्न वाध्य भएको उल्लेख ग।िरएको छ । उनीहरुले जिल्ला कारगारमा ५० प्रतिशत कैद भुक्तानि भएका वन्दीहरुको रिहाईकालागि शिफारिस गर्नलाई कारागार प्रमुखले पैसा माग्ने गरेको, विगत दुई वर्षदेखि वन्दीहरुले कपडाकोलागि पाउने रकम नियम संगत तरिकाले उपलव्ध नगराईएको, वन्दीहरुले अध्यनकोलागि केन्द्रिय कारागरमा शरुवाको माग राख्दा त्यसको कुनै सुनुवाई नगरि वन्दीको भविष्यमाथि खेलवाड गरेको, कारागार भित्रको भौतिक संरचना मर्मत गर्ने क्रममा वन्दीहरुलाई परिचालन गरिएको तर उनीहरुलाई कुनै पारिश्रमीक नदिएको, वन्दीहरु गंभिर विरामी पर्दापनि स्वास्थ्य उपचार नगराएइको लगायतका मागहरु राखी उनीहरुले रिले अनशन शुरु गरेका हुन् । उनीहरुले यदी ४८ घण्टा भित्रमा आफ्ना मागहरुको कुनै सुनुवाई नभए ४८ घण्टापछि आफुहरु आमरण अनशन शुरु गर्ने समेत चेतावनी दिएका छन् । तर यस सम्वन्धमा जानकारी लिन खोज्दा जिल्ला कारागार प्रमुख कृष्णप्रसाद अधिकारी संग भने फोनमा सम्पर्क हुन सकेन । यस विषयमा गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले भने उनीहरुले राखेका कतिपय मागहरुको विषयमा छलफल गर्नु पर्ने भन्दै अन्य मागहरुको विषयमा राज्यले दिएको नियम वमोजिम उपलव्ध नभएको भए त्यसलाई पुरा गर्ने वताउनु भएको छ । जिल्ला कारागार गुल्मीमा महिला र पुरुष गरि हाल ६५ जना वन्दीहरु रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग