Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राम्रो कामको प्रशसा र नराम्रो कामको खवरदारी जरुरी

Published on 1:28:00 AM //


गगनशिला खड्का
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमल्सेनाले समुदायले प्रहरीको मनोबल उच्च हुने तरिकाले सहयोग गर्नुपर्ने बताउनुभएको छ । इलाका प्रहरी कार्यलय गुल्मीको मंगलबार उद्घाट्न गर्न गुल्मी आईपुग्नु भएका तिमल्सेनाले एउटा सुरक्षाकर्मी जुन ठाउँको सुरक्षाका लागी आएको हुन्छ त्यस ठाउँका जनताले साथ दिन जरुरी रहेको बताउनुभयो । उहाँले गुल्मी जिल्लामा एकपटक ध्वस्त पारिएको भवन पुनःनिर्माण हुनुले गुल्मीको शान्ती सुरक्षाका लागी गुल्मेली जनता प्रतिबद्ध भएको संकेत गरेको बताउनुभयो ।
 सरकार र विद्राही पक्ष विच चलेको दशवर्षे दन्द्धले भौतिक संरचनाहरु भत्काउने मात्र काम गरेकोले आगामी दिनमा त्यस्तो नहुनेमा विश्वास व्यतm गर्नुभयो ।उहाँले यदि अञ्जानमा कुनै प्रहरी कर्मचारीबाट गल्ती, कमीकमजोरी भएमा जनताले उसलाई सकारात्मक रुपमा सुध्रिने मौका दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हैन कुनै प्रहरी बाट नजान्दा नजान्दै कमी कमजोरी हुन्छ भने उसलाई पोजिटिभ रुपमा सुध्रिने मौका समुदायले दिनुप¥यो नित ।” उहाँले राम्रो कामको प्रशसा र नराम्रो कामको खवरदारी गर्ने जिम्मा नागरिक र पत्रकारको भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गुल्मी क्षेत्र नं २ का पुर्वसांसद कमल श्रेष्ठले विगतका कुराहरुलाई लिएर अहिले राजनितिक दलहरु एक आपसमा झगडा गर्न नहुने बताउनुभयो । उहाँले दन्द्धका समयमा जुन राजनितिकदलको कारणले गर्दा भौतिक संरचना ध्वस्त पारिएपनि अहिले आफैमा झगडा गर्न नहुने बताउनुभयो । यस्तै कार्यक्रममा वोल्ने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मी जिल्लामा प्रहरी प्रशासनले राम्रो र सन्तोषजनक रुपमा काम गरेको बताउनुभयो । उहाँले प्रहरीले गरेको कामको जिल्लामा हुने सार्वजनिक कार्यक्रममै खुलेर प्रसंसा हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले देखेको छु, गुल्मीमा हुने सार्वजनिक कार्यक्रममै प्रहरी प्रशासनको खुलेर प्रसंसा हुन्छ ।”
प्रमुख जिल्ला अधिकारी नेपालले ध्वस्त बनाईएका संरचानाहरु पुनःनिर्माणमा पनि जिल्लामा क्रियाशिल नागरिक समाज, राजनितिक दल, पत्रकार, संघ संस्था सबैको सहयोग उत्तिकै रहेको बताउनुभयो । कार्यक्रममा एकिकृत नेकपा माओबादीका निम बहादुर पाण्डेय, नेपाली काँग्रेशका भुवन प्रसाद श्रेष्ठ, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी,जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार,पत्रकार,कार्यलय प्रमुख लगाएतको सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग