Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पलाष्टिकमुक्त क्षेत्र वनाउन गाउँले आफै कस्सिए

Published on 1:31:00 AM //


पि.एम.मगर
सफा रहौँ स्वस्थ वनौँ भन्ने मुल नाराका साथ यतिवेला गुल्मी कुर्घा गाविसको स्वाँरा गाउँका स्थानीय युवा तथा आमा समुहहरु गाउँलाई कालो पलाष्टिक मुक्त क्षेत्र वनाउने अभियानमा जुटेका छन् ।
गाउँलाई कालो पलाष्टिक मुक्त क्षेत्र वनाई वातावरणलाई सधै स्वच्छ तथा स्वस्थ राख्ने अभियानका साथ कुर्घा गाविस वार्ड नं. १ र २ स्वाँरा गाउँका स्थानीयवासीहरु जुटेका हुन् । तमु रोधी युवा परिवार र समाज सुधार आमा समुहद्धारा यस वर्षको तिहारमा खेलिएको देउसी भैलोवाट संकलन भएको रकमलाई वातावरणमा हुने प्रदुषण रोक्ने विषयका विभिन्न कार्यक्रमहरुमा परिचालन गर्ने भएका छन् । गाउँलाई स्वच्छ र स्वस्थ वनाउने उद्धेष्यका साथ स्वाँराका ३८ घरधुरी र ७ वटा टोल निर्धारण गरि कार्यक्रमहरु अघि वढाईने संस्थाले जनाएको छ ।
सोही अभियान अनुरुप टोलका विभिन्न स्थानमा फोहोर संकलन भांडाहरु राखी सोही भाडामा मात्र फोहोर राख्ने वानीको विकासका लागि सचेतनामुलक कार्यक्रमहरु चलाउने, चेतनामुलक होर्डिङ्ग वोर्डहरु राख्ने तथा कालो पलाष्टिक मुक्त क्षेत्र निर्माणका लागि यसको नकारात्मक असरका विषयमा सुचित गराउने जस्ता कार्यक्रम गर्न लागेको उनीहरुले वताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग