Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चेलिबेटि बेचविखन विरुद्धका कार्यक्रम गाउँ केन्द्रित

Published on 2:52:00 AM //


गगनशिला खड्का
चेलीबेटी बेचविखन तथा हिँसाका घटना रोक्नको लागी सदरमुकाममा भन्दा गाउँका जनतालाई सचेत बनाउनुपर्ने भएकोले गाउँका जनतालाई लक्षित गरी कार्यक्रमहरु बनाउनुपर्ने मानव बेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला कार्यसमिति समितीले ठहर गरेको छ । समितीले चेलीबेटी बेचविखन जस्ता आपराधिक कृयाकलाप गाउँमा बढी हुने र सदरमुकामका जनता धेरे सचेत पनि हुने भएकोले यस्ता कार्य रोक्नका लागी यस विषयमा गाउँका जनतालाई बढी सचेत बनाउनुपर्ने ठहर गरेको हो ।
समितीको बिहीबार सदरमुकाममा सम्पन्न बैठकले समितीले अव गर्ने कार्यक्रमहरु गाउँ केन्द्रित सचेतनाका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले गुल्मीको कुर्घा, रीडि र पुर्कोटदहमा यसवर्ष सचेतनाको कार्यक्रम गर्ने तथा सचेतनामूलक होर्डिङ्ग बोर्डहरु राख्ने समेत निर्णय गरेको छ । सरकारी वकील र प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले गाउँका जनतालार्य कानुनी चेलीबेटी बेचविखन गर्नेहरुलाई कार्वाही हुने कानुनि विषयमा पनि जानकारी गराएमा यस्ता घटनाहरु रोकिने भएकोले गाउँ गाउँमा हुने सचेतनाका तलिममा यस्ता विषय पनि समेट्नुपर्ने बताउनुभएको थियो । स्थानिय विकाश अधिकारी हिरालाल रेग्मीले हिंसाका घटनामा परेका महिला तथा बालबालीकालाई समाजमा सम्मानजनक रुपमा बस्न सक्ने बातावरण मिलाउनका लागी कार्यक्रम बनाउनुपर्ने बताउनुभएको थियो ।
समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको अध्यक्षतामा बसको बैठकमा सदस्यहरु विष्णु कुँवर, धना राना, पत्रकार महासंघका सचिव भरत पाण्डेय लगायतले ठाउँहरुमा गरीवि तथा बाध्यताले अरुसंग काम गर्न हिँडेकाहरुलाई पनि परीवार र आफन्तको आग्रहमा फर्काईएकोले फर्किदा उनीहरुलाई गाडीभाडा सम्म नहुने अबस्था आएकोले सहयोगको ब्याबस्था मिलाउनुपर्ने ब्याबस्था गर्नुपर्ने पनि बताउनुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग