Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्याद उल्लेख नभएका वस्तुहरुको विक्रि वितरणमा रोक

Published on 3:02:00 AM //


जनार्दन घिमिरे
वजार अनुगमनको क्रममा आज गुल्मीको सदरमुकाम तम्घासमा म्याद उल्लेख नगरिएका विभिन्न वस्तुहरुको विक्रि वितरणमा रोक लगाएको छ । सदरमुकाममा हाल संचालन भईरहेको भारतीय पेन्सन क्याम्पको अवशरमा गाउँवाट पेन्सन वुझ्न आएका सर्वसाधारणहरु त्यस्ता व्यापारी तथा व्यवसायीहरुवाट नठगिउन भन्ने उद्देश्यले जिल्ला वजार अनुगमन समितिले आज उक्त वजार अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा सोल्जरवोर्ड वरिपरिका केही होटल, मिठाई पसल तथा रेष्टुरेष्टहरुलाई व्यवस्थित गर्न र ग्राहकहरुसंगवाट वढी रकम न असुल्न निर्देशन दिएको थियो । अनुगमनको क्रममा मुख्य सडक वरिपरि सडक मिचेर राखेका कपडा पसल तथा सिद्रा पसल, चिया र मसलाका पसलहरुलाई समेत सडकवाट हटाईएको छ । पेन्सन क्याम्प वरिपरि राखिएका केही पसलहरुमा विक्रिका लागि राखिएका मसला र चियापत्तिहरुको प्याकिङ्गमा मापडण्ड वमोजिम वरावरि तौल नभएको, कतिपय चिया पत्तिहरुमा उत्पादन भएको मिति र समाप्त हुने मिति उल्लेखै नगरि प्याकिङ्ग गरेर विक्रिका लागि राखिएको समेत फेला परेको थियो ।
उक्त वस्तुहरुलाई वजार अनुगमन समितिले विक्रि वितरण गर्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालको नेतृत्वमा गएको उक्त अनुगमन समितिमा सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको समेत सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग