Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थीलाई मानव अधिकार सचेतना कक्षा

Published on 7:03:00 PM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६८ कार्तिक २४ गते महेन्द्र उच्च मावि तम्घासमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थिहरु विच मानवअधिकार शिक्षा विषयक सचेतना कक्षा सम्पन्न भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महेन्द्र उच्च माविका निमित्त प्रधानाध्यापक मोतिप्रसाद खनाल र विज्ञान संकाय संयोजक राजेन्द्र राउतले कुनै पनि नागरिक आफ्नो अधिकार र कर्तव्य प्रती सचेत भएमा देश सक्षमहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा नागरिक शिक्षाको महत्वबारे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले, संयुक्त राष्ट्रसंघ र यसका संयन्त्रहरु बारेमा इन्सेक जिल्ला सम्योजक यज्ञप्रसाद भुसालले र मानवअधिकार एवं यसको विकासक्रमबारे नेपाल मानवअधिार वर्ष पुस्तक प्रतिनिधि नरेश भण्डारीले सहजिकरण गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग