Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा एकजनाको मृत्यु

Published on 7:13:00 PM //

गगनशिला खड्का
अर्घाखाँचीको किमडाडामा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।गुल्मी तम्घासबाट अर्घाखाँचीको किमडाडा जाँदै गरेको लु १ ज १७५६ नम्बरको जीप किमडाँडा गाविसको वाड नं ८ सिमलपाटामा दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी पुर्कोट दह आरुपाटा घर भएका जीपका सहचालक १८ वर्षका तिलक केसीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पेनसन लिन किमडाडाका बासिन्दाले जीप रिजर्ब गरेर तम्घास आएका थिए । मानिसलाई किमडाडाँ पु¥याएर फर्कने क्रममा जीपको ब्रेकफेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग