Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली कफीले यस वर्ष झण्डै साढे २ करोड कमायो

Published on 7:12:00 PM //

गगनशिला खड्का
आ.व २०६७-६८ मा गुल्मीबाट २८ मेट्रीकटन कफी दक्षिण कोरियामा निर्यात भई जिल्लामा यस वर्ष १ लाख २० हजार अमेरिकी डलर भित्रिएको छ भने ६ मेट्रीकटन कफी आन्तरिक खफत भई यस वर्ष २ करोड ३६ लाख १३ हजार ४ सय ७० रुपैयाँको कारोबार भएको छ । जिल्ला सहकारी संघ गुल्मीको सोमबार सदरमुकाम तम्घासमा आयोजित १८ औं बार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष हरि प्रसाद गौतमले यस्तो जानकारी गराएका हुन् ।
देश भित्र र बाहिर समेत आपँचौरको कफीका रुपमा प्रशिद्ध कफीलाई जिल्लामै प्रशोधन गरेर देश विदेशमा सम्म पु¥याइएको छ । संघले २०५७ साल देखी जोहाङ्ग खैरेनीमा कफी प्रशोधनको स्थापना गरी कच्चा कफी संकलन गर्दै प्रशोधन गरिरहेको अवस्थामा यस वर्षदेखि तमघासमा समेत प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ ।
आपँचौरबाट सुरु भएको कफी खेती यतिबेला जिल्लाका विभिन्न गाविसका कृषकहरुले व्यवसायिक रुपमा गर्न थालेका छन् । गुल्मीको कफीलाई प्राङ्गगारिक प्रमाणित गरी संघले अन्तराष्ट्रिय बजार सम्म पुर्याउन मह्त्वपूर्ण भुमिका खेलेको छ । जिल्लामा बार्षिक ड्राइचेरी (तयारी )कफी उत्पादन हुने गरेको संघका उपाध्यक्ष शेषकान्त गौतमले जानकारी दिए । संघले परोपकार बहुउद्देश्य सहकारी सस्था वामी मार्फत करिब साढे ४ करोडको लगानी गरी १ सय ५० किलोवाड बिध्युत उत्पादन गर्ने उद्देश्यका साथ मुसिकोट र पौदी अमराइमा १३ सय घरधुरीलाई बत्ती बाल्ने योजनामा लागि परेको छ ।
त्यस्तै संघले दुग्ध प्रशोधन केन्द्र र लघुवित्त कार्यक्रम कृर्षि पशुपालन लगानी गर्दै आइरहेको छ । संघमा १५७ वटा सहकारी सस्थाहरु आवद्ध छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग