Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सर्वसाधारणलाई दुःख दिनेलाई तत्काल कार्वाही हुने

Published on 6:47:00 PM //


गगनशिला खड्का
भारतीय भू.पू. सैनिककालागी तम्घासमा सञ्चालन भैरहेको पेन्सन क्याम्पसको समयमा सर्वसाधारण तथा सेवाग्राहीलाई समस्या उत्पन्न हुने कुनै काम गर्ने व्यावशायी तथा व्यापारीहरुलाई तत्काल कार्वाही हुने भएको छ । पेन्सन क्याम्पको समयमा होटल र बजार हुन सक्ने समस्याहरुलाई मध्यनजर राखी जिल्लास्तरीय अनुगमन समितीले विहिवार बजार अनुगमन गरी पहिलो चरणमा सचेत गराउँदै अवदेखि समस्या उत्पन्न गर्नेलाई तत्काल कार्वाही गर्ने चे तावनी दिएको छ ।
प्रशासन कार्यालयले को अगुवाईमा गरीएको बजार अनुगमनमा गुणस्तरको प्रमाण नभएका खाद्य सामाग्री  तथा यातायात आवागमनमा समस्या हुनेगरी सडकमै राखिएका सामानहरु हटाउन र होटलहरुमा निर्धारीत शुल्कको कार्यान्वयन तथा सरसफाईको लागी निर्देशन दिईएकोेले अर्कोपटक अनुगमन गर्दा पनि सुधार नभएको पाईएमा सिधै कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए ।
अनुगमनको क्रममा तम्घासको बाख्रेछेँडा र क्याप्सरोड क्षेत्रमा अस्थाई रुपमा राखिएका पसलहरुमा गुणस्तरको प्रमाण नभएका मसला, चियापत्ती तथा अन्य केही खाद्य सामाग्री राखिएको तथा सडक पेटीमा आवागमनमा समस्या हुनेगरी सडकमै राखिएका सामानहरु हटाईएको र होटलहरुमा खाना र बासको लागी मञ्चले निर्धारण गरेको शुल्क कार्यान्वयन तथा सरसफाईको लागी निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनँले अनुगम दैनिक रुपमा हुने भएकोले अव देखि पनि सुधार नभएमा कार्वाही हुने बताए ।
केही सिलबन्द गरीएका खाद्य सामाग्रीमा गुणस्तरको प्रमाण हुने कुनै प्रमाण नभएकोले हटाईएको र सडक र पेटीमा अब्यबस्थीत रुपमा राखिएका सामानहरु हटाईएको छ, होटल र मासु पसलमा पनि सरसफाई र निर्धारीत शुल्क कार्यान्वयनको लागी निर्देशन दिईएको छ । उनले भने“ .पहिलो पटकमा सचेत मात्र गराईएको हो, दैनिक रुपमा हुने अनुगमनमा त्यस्तो भेटीयो भने कार्वाही हुन्छ । ”अनुगमनका क्रममा तम्घासका होटलहरुका भान्सा सरसफाईमा पहिलाभन्दा केही सुधार भएको भेटीएपनि यसलाई निरन्तरता दिनुपर्ने र सुत्नेकोठा तथा कपडाहरुको सरसफाईमा पनि ध्यान दिन अनुगमन समितिले सुझाव दिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा उद्योग बाणीज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेल, होटल व्याबसायी मञ्चका अध्यक्ष यूवराज भण्डारी, प्रहरी निरीक्षक श्यामु अर्याल, पत्रकार महासंघका सचिव भरत पाण्डेय, प्रेस यूनियनका केन्द्रिय सदस्य जनार्दन घिमीरे लगायतको सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग