Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमआरपी पासपोर्ट अब गुल्मीबाटै

Published on 6:17:00 PM //


अनिल खत्री
गुल्मीको सदरमुकाम तम्घासमा यहि कार्तिक २५ गतेबाट एम आर पी राहादानी को फारम संकलन गर्ने कार्यशुरु हुने भएको छ ।
आज गुल्मीको सदरमुकाम तम्घासको जिल्ला प्रसासन कार्यलयमा पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले सरकारले घोषणा गरेको कार्यक्रम अनुसार यहि कार्तिक २५ गतेबाट पनि गुल्मीको सदरमुकाम तम्घासमा पनि एम आर पी राहादानी फारम संकलन गर्न लागेको जानकारी गराउनु भएको छ । उँहाले अबदेखि जिल्ला प्रसासन कार्यलयमा एम आर पि पासपोट राहादानीको फारम संकलन गरि ३५ दिन भित्र जिल्ला प्रशासन कार्यलयबाटै राहादानी बितरण गर्ने जानकारी दिनुभयो । साथै एम आर पी राहादानी फारम भर्दा फोटोसहित फारम भरेको जम्मा रु २२० भन्दा बढि लिन नपाउने फोटो स्टुडियो संग सहमती भएको समेत जानकारी दिनुभयो । तोकिएको निर्धारित मापदण्ड भन्दा गलत भरेमा पुन तोकिएको माप दण्डमा पहिलेकै शुल्कमा फरम भरिदिनुपर्ने सहमती भएको बताउनु भयो ।
सोहि पत्रकार भेटघाटकार्यक्रममा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले गुल्मीको सदरमुकाम तम्घसामा यहि कार्तिक २१ गतेदेखि मंसिर ४ गते सम्म संञ्चालन भएको भारतिय पेन्सनक्याम्पलाई मध्यनजर गरि पेन्सनक्याम्प नजिकै राखिएका पसलहरुमा समेत साहयक प्रमुख जिल्लाअधिकारी बाबुराम अर्यालको नेतृत्वमा आज गरिएको अनुगमनको क्रममा बजारको सडक नजिकै राखिएका पुटफाट पसलहरुलाई एक दुइ दिन भित्रै हटाउनको लागी कडा निर्देशन दिएको समेत बताउनु भयो । प्रमुख जिल्ला अधिकारी नेपालले पेन्सन क्यामको अबधिभर जिल्लाको शान्ती सुरक्षालाई अझबढि कडापारिएको समेत जानकारी दिनुभयो । प्रमुखजिल्ला अधिकारी कबिन्द्र नेपालले पत्रकार संग जिज्ञासा गदै सरकारी कार्यलय बाटहुने कामहरुमा सेवा ग्रहरीले कुनै जिज्ञासा आएको भए राख्न समेत बताउनु भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल साहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लगायत जिल्ला स्थीत बिभिन्न संञ्चारमाध्यमका पत्रकारको समेत उपस्थिती रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग