Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी कार्यालय पुनर्निर्माणपछि द्धन्दको पिडा बिर्साउने आश

Published on 6:57:00 PM //


गगनशिला खड्का
ईलाका प्रहरी कार्यालय भवन ध्वस्त भएपछि रीडि बजारमा अशान्ति बढेर हैरानी व्यहोरेका रिडीबजारका समाजसेवी गुरु प्रसाद ज्ञवालीलाई २०६३ माघमा भाडाको घरमा प्रहरी कार्यालय राखेपछि जति शान्ति सुरक्षा भयो त्यो भन्दा पनि शान्ति सुरक्षा कायम हुने विश्वास अव जागेको छ । भन्छन् ‘चौकी ध्वस्त भएपछि भन्दा त अस्थाई घरमा बसेपछि धेरै सुधार भयो तर भाडाको घरमा प्रहरीलाई जनताको सुरक्षा भन्दा आफ्नै व्याबस्थापनले हैरान पर्‍यो, अव अव त ढुक्क छु ।’
रुरु उच्च माविका शिक्षक रोहित भण्डारीले पनि अव प्रहरीलाई काम गर्न सजिलो हुने र जनताले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति पाउने विश्वास व्यक्त गरे । ज्ञवाली र भण्डारीलाई मात्र होईन, ईलाका प्रहरी कार्यालय भवन बनेपछि रीडिबजार र त्यस आसपासका सबै जनतामा पूर्ण रुपमा शान्ति सुरक्षा पाउनेमा आशा र विश्वास जागेको छ । गुल्मी जिल्लालाई राजधानी र देशका प्रमुख शहरहरु संग जोड्ने एकमात्र नाका रीडिबजारमा ईलाका प्रहरी कार्यालय भवन निर्माण भएपछि जनतामा यस्तो विश्वास जागेको हो ।
केहीबर्ष देखि भाडाको घरमा प्रहरी कार्यालय राखेर काम सञ्चालन गर्दै आएपनि कार्यालयकै आन्तरीक ब्याबस्थापनको समस्याले केही कमि कमजोरी भएको हो कि भन्ने आशँका गरेका जिल्लाबासी अहिले भने प्रहरीको प्रभावकारीता बढ्नेमा पूर्ण रुपमा विश्वस्त छन् । आफ्नै भवन नहुँदा अनुसन्धान र शान्ति सुरक्षाका काममा समेत समस्या हुने गरेकोले अव त्यसमा सुधार हुने ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्ष जनक राज भुसालले बताए । “ब्यारेक सिस्टममा बस्नको लागी पनि कोठा कमभएकोले पालैपालो सुत्ने अबस्था हुन्थे, बाथरुप ट्वाईलेटको पनि सुविधा कम हुन्थ्यो ।
यो आफ्नै समस्याले ड्यूटिमा समयमा पुग्न नसक्ने अबस्था त थियो नै ” – उनले भने“ बजारको विचमा विना कम्पाउण्डको कार्यालय भएपछि केही पर्‍यो भने पनि कोही मान्छे, ह्वार्रै आउने, होहल्ला गर्ने गर्नाले आफैलाई समेत समस्या हुने त भईहाल्यो , थुनुवा कोठा नभएपछि केरकारमा पनि समस्या हुथ्थ्यो २४ घण्टासम्म अफिसमै राखेर जिल्लातिर पढाईन्थ्यो ।
धेरै समस्या थियो तर अब सबै कुरामा सुधार हुन्छ । ” नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत आएको ७६ लाख ८५ हजार रुपैयाँमा कार्यालय, ब्यारेक र भान्सा सहितका तीन भवन निर्माण सम्पन्न भएको हो । भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमल्सेनाले गुल्मी जिल्लामा एकपटक ध्वस्त पारिएको भवन पुनःनिर्माण हुनुले गुल्मीको शान्ती सुरक्षाका लागी गुल्मेली जनता प्रतिबद्ध भएको संकेत गरेको र यसले जनताको शान्ति सुरक्षामा सुधार हुने पनि बताए । “ प्रहरी कार्यालय भवन निर्माणका लागी जनताले चासो देखाउनुले शान्ति सुरक्षामा पनि सुधार हुने कुरा हो, यसले विगतको द्वन्दको घाउ विर्साउन पनि सहयोग पु¥याउँछ । ”
ईप्रका भवन निर्माण पछि प्रहरी, स्थानिय मात्र नभएर जिल्ला बासीपनि खुसी छन् । गुल्मी क्षेत्र नं २ का पुर्वसांसद कमल श्रेष्ठले दन्द्धका समयमा भौतिक संरचना ध्वस्त पारिएपनि विगतका कुराहरुलाई लिएर अहिले राजनितिक दलहरु एक आपसमा झगडा गर्न नहुने बताए । “ प्रहरी भवन निर्माणमा सबैको सक्रियताले द्वन्दको पिडा विर्षाएको अनुभुति भएको छ , उहाँले भन्नुभयो – हिजोको कहालिलाग्दो अबस्थामा जे भएपनि अव सबै मिलेर जानुपर्छ । यसले समाजमा शािन्त स्थापना गर्न पनि सहयोग पु¥याउँछ । ”
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले ध्वस्त बनाईएका संरचानाहरु पुनःनिर्माणमा पनि जिल्लामा क्रियाशिल नागरिक समाज, राजनितिक दल, पत्रकार, संघ संस्था सबैको सहयोग उत्तिकै रहेको र कार्यालय स्थापना पछि प्रहरीले जनताको शान्तिको चाहना पूरा गर्न पनि प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले प्रहरीले गरेको कामको जिल्लामा हुने सार्वजनिक कार्यक्रममै खुलेर प्रसंसा हुने गरेको बताए । २०४० सालमा स्थापना भएको इलाका प्रहरी कार्यलय रिडी भवन दन्द्धका समयमा ध्वस्त पारिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग