Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकार मैत्रीय योजना निर्माणका लागि अन्तरकृया

Published on 3:40:00 PM //

 नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालित जैसिथोक गाविसमा ०६८ कार्तिक २७ गते मानवअधिकार मैत्री योजनाका लागि समावेशी योजना तर्जुमा विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
गुल्मीको जैसिथोक गाविसमा मानवअधिकार मैत्रीय योजना निर्माणका
लागि अन्तरकृया कार्यक्रममा बैल्दे एकीकृत माओवादी
राज्य समिती सदस्य भुपाल पोखरेल
स्थानीय स्रोत साधनहरुको पहिचान गरी मानवअधिकार प्रवद्धनको क्षेत्रमा परिचालन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एकीकृत माओवादी राज्य समिती सचिवालय सदस्य भुपाल पोखरेलले गाविसको स्रोत र साधनमा गाविस भित्रका उपेक्षीत, दलित, महिला, बालबालिका, आपाङ्ग, जनजाती आदि समुदायको समेत सहभागिता र पहुँच बृद्धि गर्न सकेमा उनीहरुको मानवअधिकार प्रवद्धन हुने भन्दै विकास आयोजनाहरु निर्माण देखि अनुगमन मूल्याङ्कनमा समेत उनीहरुको प्रभावकारी सहभागिता हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाविस सचिव डिल्लीराज आचार्य, एकीकृत माओवादीका विरेन्द्र कुवर, कांग्रेसका कृष्ण थापा र एमालेका पूर्ण पोखरेल, राप्रपाका बाबुलाल कामी, उपस्वास्थ्य चौकी प्रमुख बालुराम खानाल, पूर्व गाविस सचिव चिरञ्जिवी भण्डारी लगायतका वक्ताहरुले आफुहरु मानवअधिकार मैत्री गाविस निर्माणको लागि प्रतिवद्ध भएको भन्दै आगामी गाउँ परिषद्मा मानवअधिकार मैत्री समावेशी योजना निमाण गरिने प्रतिवद्धता जनाए ।
यसैगरी हिमचुली सामुदायीक संस्थाका अध्यक्ष तारा खनाल र शान्ति नमुना महिला समूहका निर्मला भुसालले अहिले सम्मका वडा परिषद् र गाउँ परिषद्मा दलित, महिला, बालबालिका, आपाङ्ग, जनजाती, युवा कसैलाई पनि सहभागिता नगराईएको भन्दै आगामी दिनमा गाविस अनुदान सञ्चालन कार्यविधि अनुसार प्रतिनिधित्व गराउन माग गरे । उनीहरुले दलिय भागवण्डाले मात्रै गाउँको विकास हुन नसक्ने भन्दै समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न अनुरोध गरे ।
इन्सेक जिल्ला सम्योजक यज्ञप्रसाद भुसालको अध्यक्षता र सहजकर्ता शान्ता पोखरेलको सञ्चालन रहेको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले कार्यक्रमको उद्देश्यबारे जनाकी गराएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग