Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा मोतियाविन्दुको रोगी अझै प्रशस्तै

Published on 11:21:00 PM //


पि.एम.मगर
नेपाल नेत्रज्योति संघ गुल्मीको वार्षिक कार्यक्रम अन्तर्गत आखाँ उपचार केन्द्र गुल्मीको आयोजनामा एक दिने आखाँ शिविर कार्यक्रम हृवाङ्गीमा सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ आखाँ उपचार केन्द्र गुल्मीको आयोजना र मदाने युवा क्लव हृवाङदीको सह–आयोजनामा ह्वांदीको गाविस भवनमा शिविर सम्पन्न भएको हो । शिविरमा २ सय ७ जना आखाँका विरामीहरुलेले आखाँ परिक्षण गराएका थिए । शिविरमा ६० प्रतिशत दलित समुदायका व्याक्तिहरुले आखाँ जाच गराएका थिए । जसमा ६ जना दुवै आखाँ नदेख्ने, ५२ जनामा मो तियाविन्दु भेटिएको, २६ जनाको तत्काल आखाँको अपरेशन गर्नुपर्ने, १ जनालाई जलविन्दु र अर्का एक जना भिटामिन ए को कमीका कारण रतन्धो रोगको वच्चा भेटिएको पाईएको केन्द्रले जनाएको छ । साथै शिविरमा १ सय ५ जनालाई चस्मा आवश्यक देखिएको र ४६ जनालाई अन्य रोग देखिएको र औषधीको माध्यमवाट उपचार गरिएको नेपाल नेत्र ज्योति संघका सचिव अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका समुदायलाई पायक पर्ने स्थानमा संस्थाले निशुल्क आखाँ अपरेशन सिविर संञ्चालन गर्ने भएको छ । आखाँ उपचार केन्द्र गुल्मीका क्लिनिक इन्र्चाज सुर्य बस्नेतको नेतृत्वमा गएको ६ जनाको प्राविधिक टोलीले विरामीहरु को आँखा जाँच गरेको थियो । साथै संघले लायन्स क्लव पोखराको आयोजनामा कात्र्तिक २८ देखि ३० गते ३ दिन सम्म वामीको स्वास्थ्य केन्द्रमा निशुल्क आखाँ अपरेशन शिविर सञ्चालन गर्ने बताएको छ । यस्तै मंसिर २ गते आखाँ उपचार केन्द्र तम्घासबाट नियमित आखाँ अपरेसन सेवा प्रदान गर्ने समेत केन्द्रले वताएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग