Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपाङ्गहरु आत्म निर्भरतर्फ

Published on 9:01:00 PM //


सिता भण्डारी
दुवै खुट्टाले टेक्न नसक्ने अपाङ्गले समेत मोवाईल मर्मत तालिम लिई आत्मनिर्भर भएर वाँच्ने उत्साह वोकेका छन् । आशा अपाङ्ग केन्द्र तथा महिला तथा वालवालिका कार्यालय गुल्मीको संयुक्त आयोजनामा संचालित २ महिने मोवाईल मर्मत तालिम लिई दुवै खुट्टा नभई घर्सेर हिड्ने मलायगिरीका २२ वर्षीय सुरेश खत्री सहित १० जना अपाङ्गहरुले यस्तो उत्साह लिएका छन् ।
सो तालिमको आज समापनका दिन अपाङ्गहरुले तालिमको प्रमाणपत्र लिँदै आफुले सिकेको सिप व्यवहारमा उतार्दै आत्मनिर्भर हुने उत्साह व्यक्त गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पनि सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्म निर्भर भएर जिवनलाई अगाडी वढाउन आग्रह गर्नुभएको थियो । उहाँले अपाङ्गहरु लाई दया र माया भन्दा पनि अवसर प्रदान गर्नुपर्नेमा जोड् दिनुभएको थियो । कार्यक्रमका अन्य वक्ताहरुले पनि आ–आफ्नो क्षेत्रवाट अपाङ्गहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा अपाङ्गताको क्षेत्रमा वजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्नेमा जोड् दिएका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका विशेष इलाका इन्चार्ज वुद्धि जिसी, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष भरतवहादुर चन्द, कालिदत्त गुल्मका गुल्मपति सेनानी सन्तोष कुमार थापा, जिल्ला वन अधिकृत शिवप्रशाद शर्मा, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरीप्रसाद घिमिरे, महिला विकास कार्यालयकी प्रमुख जमुना पौडेल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । केन्द्रका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगा रायमाझीको स्वागत मन्तव्य तथ प्रदीप राईको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग