Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार घिमिरे सम्मानित

Published on 9:10:00 PM //

पि.एम.मगर
जिल्ला कृषि विकास कार्यालय गुल्मीले रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक एवं पत्रकार जनार्दन घिमिरेलाई आज एक कार्यक्रमका वीच सम्मान गरेको छ ।
आधुनिक कृषि प्रविधिलाई पत्रपत्रिका एवं विद्युतीय संचारको माध्यमवाट प्रचार तथा प्रशारण गरि जिल्लाका कृषकहरुलाई प्रविधिमूलक जानकारी दिई व्यवसायीक कृषिमा उत्प्रेरीत गर्न योगदान पुराएको भन्दै घिमिरेलाई उक्त सम्मान गरेको हो । मुल्यमा स्थिरता खाद्य वस्तुमा शुनिश्चितता भन्ने मूल नाराका साथ सम्पन्न ३१ औं विश्व खाद्य दिवशको अवशरमा घिमिरेलाई उत्कृष्ट संचारकर्मीको रुपमा सम्मान गरिएको हो । घिमिरेले ग्रामिण क्षेत्रमा रहेका व्यसायीक कृषकहरुको मेहनत र योगदानलाई विभिन्न संचार माध्यममा प्रकाशन तथा प्रशारण गरि कृषकहरुलाई आधुनिक कृषि क्रान्तिमा लाग्न थप उत्प्रेरणा जगाएको भन्दै जिल्ला कृषि विकास कार्यालय गुल्मीले जिल्लामा पहिलो पटक रु ६ हजार नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेको हो ।
निर्देशक घिमिरेले २०५७ सालमा गुल्मी जिल्लावाट पहिलो साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक पदवाट आफ्नो पत्रकारीताको यात्रा शरु गर्नु भएको थियो । राष्ट्रिय समाचार समित, गोरखापत्र, रेडियो नेपाल लगायतका सरकारी संचार माध्यमहरुमा काम गरि सक्नु भएका घिमिरे हाल एभिन्यूज टेलीभिजन, अन्नपूर्ण पोष्ट, उज्यालो ९० नेटवर्क लगायतका संचारमाध्यमहरुमा कार्यरत हुनुका साथसाथै गुल्मी र गुल्मेली गतिबिधीहरु समेटेर सन्चालन गरिएको वेबसाईट गुल्मीन्युज डट कमलाई पनि नियमित रुपमा सहयोग गर्दै आउनुभएको छ । घिमिरे नेपाल पत्रकार महासंघ गल्मीका पूर्व सभापति र हाल नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य समेत हुनुहुन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग