Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतवाट घर फर्कदै गर्दा बाटैमा वेहोस भई मृत्यु

Published on 1:36:00 AM //


पि.एम.मगर
उता भारतवाट घरमा आउंदै गरेको गुल्मीको धुर्कोट रजस्थलका एक व्याक्तिको कपिलवस्तुको कृण्णनगरमा मृत्यु भएको छ । घरतर्फ आउंदै गरेका गुल्मीको धुर्कोट रजस्थल १ का ५० वर्षीय ओमबहादुर घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब साढे ९ बजेको समयमा भारतबाट नेपालतर्फ आउंदै गरेका घर्ति कपिलवस्तु कृष्णनगर स्थित लिङगेट अगाडी एक्कासी बेहोस भई ढलेपछि उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय कृण्णनगरका प्रहरी निरिक्षक डम्वर बहादुर केसीले जानकारी दिनुभयोे । मृतकको शब अहिले पोष्टमार्टमका लागि शिबराज अस्पताल बहादुर गन्जमा राखी आफन्तको खोजी कार्य गरिएको प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग