Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कैदिहरुको अन्सन जारी, कारागार प्रमुखको सरुवाको माग

Published on 8:38:00 PM //

घनश्याम गौतम
कारागार प्रमुखको सरुवाको माग गर्दै बन्दीहरुले विहिवार साँझ देखि ४८ घण्टे रिले अनसन शुरु गरेका छन् ।
कारागार प्रमुख कृष्णप्रसाद अधिकारीले बन्दीहरु माथि दमन गरेको, सेवा सुविधा उपलब्ध नगराएको, ५० प्रतिशत कैद भुक्तान गरेकाहरुसंग बाँकी कैद मिनाहा गरिदिने भन्दै रकम माग गर्ने गरेको आरोप लगाउ“दै अधिकारीको तत्काल सरुवाको माग गरेका हुन् । अधिकारी कारागार प्रमुख भएर आएदेखि नै सिरक डसना वापत प्रत्येक वर्ष पाउनु पर्ने वार्षिक १ हजार ८ सय रुपैंयाका दरले पाउनु पर्ने रकम नपाएको, वर्षमा २ पटक पाउने लत्ता कपडा वापतको रकम समेत कहिले तोकिए भन्दा घटाएर र कहिले आफै कपडा किनेर दिने गरेको, कारागार मर्मतका लागि काममा लगाएर पारिश्रमिक नदिएको लगायतका आरोप बन्दीहरुले लगाएका छन् । प्रमुख अधिकारीलाई कारागार क्षेत्रमा प्रवेश समेत नदिन बन्दीहरुले माग गरेपछि अधिकारी शुक्रवार कार्यालयमा उपस्थित भएनन् । ‘म बाहिरै बसें’, उनले भने, ‘बन्दीहरुले भने अनुसार प्रशासन खुकुलो नगरिदिएकै कारण म माथि धेरै आरोप लगाईएका छन् ।’
प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले तत्काल सम्बोधन गर्न सकिने मागका बारेमा छलफल गरेर आन्दोलन फिर्ता लिन आग्रह गरिएको बताए । काम गरेको पारिश्रमिक तत्काल दिने, भर्ना भएर अध्ययन गर्न पाउने सुविधा उपलब्ध गराउने लगायतका विषयमा सुरक्षा समितिमै छलफल गरिएको र अन्य मागका लागि सम्बन्धित निकायमा पहल गर्ने काम भैरहेको नेपालले बताए । आन्दोलन समितिका संयोजक लिलबहादुर भण्डारीले भने प्रमुखको सरुवा सहित सबै माग पुरा नभएसम्म आन्दोलन फिर्ता नलिने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग