Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसको क्षेत्रीय सम्मेलन मंसिरको दोस्रो सातामा हुने

Published on 8:32:00 PM //


पि.एम.मगर
नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय सम्मेलन यही मंसिरको दोस्रो साता अर्जैको पोखरावारीमा हुने भएको छ । आज सदरमुकाम तमघासमा काँग्रेस क्षेत्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक १३ गतेको क्षेत्रीय निर्णय अनुसार यही मंसिर १० र ११ गते क्षेत्रीय सम्मेलन गर्न लागेको जानकारी गराएको थियो । “स्थायी शान्ति र लोकतान्त्रिक संविधानका लागि नागरिक जागरण, अभाव, वेरोजगारी र कुपोषण निवारणका लागि घर घरमा विपी उद्यान” भन्ने मुल नाराका साथ सम्पन्न हुन गईरहेको उक्त सम्मेलनलाई नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा र सभाषद गगन थापा लगायतका केन्द्रीय नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति दामोदर भुसालले जानकारी दिनुभएको छ । समितिले एक प्रेस विज्ञप्ती समेत जारी गरी देशको ग्रामिण अर्थतन्त्रलाई मजवुत गर्न कृषी क्रान्ति आजको आवश्यकता रहेकोले राजनीतिक क्रान्तिको वलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्न तत्काल आर्थिक क्रान्तिलाई अगाडी वढाउनुपर्नेमा जोड दिनुपर्ने उल्लेख छ । 
नेपालीको उपभोग गर्ने प्रवृति निर्वाहमुखी हुनु नै अर्थतन्त्रको समस्या रहेको वताउँदै क्षेत्रीय सभापति भुसालले सन्तुलित उपभोगको अभावमा गरिवी वढ्दै गईरहेको र अभाव, वेरोजगारी र कुपोषणको निवारणका लागि घरघरमा उद्यानको विकास तथा तिनीहरुको संरक्षण एवं प्रवद्र्धन हुनुपर्नेमा जोड् दिनुभयो । शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउनका लागि पछिल्लो पटक राजनीतिक दलहरुविच भएको सात वुँदे सहमति स्वागतयोग्य भएको भन्दै सभापति भुसालले यसको कार्यान्वयनमा इमान्दारिताका साथ लागेर संविधान निर्माण तथा शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउनुको कुनै विकल्प नरहेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । 
सम्मेलन सम्पन्न गर्नका लागि सवै गाउँ सभापति, उपसभापति, सचिव, सवै भातृ संगठनका क्षेत्रीय समितिका पदाधिकारीहरु सदस्य रहने गरी सभापति दामोदर भुसालको संयोजकत्वमा २ सय १७ सदस्यीय क्षेत्रीय सम्मेलन आयोजक मुल समिति गठन गरिएको छ । त्यस्तै क्षेत्रीय सचिव रेखाकुमार जिसीको संयोजकत्वमा ४५ सदस्यीय प्रचारप्रसार समिति, कोषाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय आर्थिक समिति गठन गरी जिम्मेवारी प्रदान गरिएको छ । सम्मेलनलाई प्रभावकारीरुपमा सम्पन्न गर्न नेपाली काँग्रेस अर्जै गाउँ समितिका सभापति दिपक भण्डारीको अध्यक्षतामा विभिन्न उपसमितिहरु वनाई योजना कार्यलाई अगाडी वढाईएको समेत सम्मेलनमा जानकारी गराईएको थियो । साथै क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय प्रतिनिधीहरु भनभनेका सन्तोष के.सी. र अमरपुरका रेशम कुवँरलाई क्षेत्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गर्नुका साथै नेपाल दलित संघको संयोजकमा घमिरका टेकवहादुर विश्वकर्मालाई तदर्थ समितिको संयोजकमा चयन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव छन्दवहादुर पहराई, विशेष अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, नेपाल शिक्षक संघ गुल्मीका जिल्ला सहसचिव वोमवहादुर राना, नेपाल दलित संघका जिल्ला सचिव हरिकृष्ण विश्वकर्मा, काँग्रेस अर्जै गाउँ समितिका सभापति दिपक भण्डारी, नेपाल विद्यार्थी संघका क्षेत्रीय अध्यक्ष रेशम कुवर, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम लगायत विभिन्न सञ्चारकर्मीको सहभागीता रहेको थियो । पत्रकार सम्मेलन क्षेत्री सभापति दामोदर भुसालको अध्यक्षता एवं सचिव रेखाकुमार जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग