Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राहदानी फारम ५० रुपैंयामा

Published on 4:25:00 PM //


घनश्याम गौतम
निर्माणकै क्रममा अलपत्र परेको भवन पुरा गर्न पत्रकार महासंघले जिल्लामै संकलन शुरु गरिएको राहदानीको फारम भरेर रकम संकलन गर्ने निर्णय गरेको छ ।
महासंघको बुधवार सम्पन्न बैठकले सर्वसाधरणको सुविधाका लागि प्रति व्यक्ति ५० रुपैंया शुल्क लिएर कार्यालयबाटै राहदानीको फारम उपलब्ध गराउने निर्णय गरेको महासंघका सचिव भरत पाण्डेले बताए । बजारमा राहदानी फारम भरेवापत जथाभावी शुल्क लिएपछि प्रशासनले समेत फोटो सहितको राहदानी फारम भरेको प्रति व्यक्ति २ सय २० रुपैंया मात्र लिन व्यवसायीलाई निर्देशन दिएको थियो ।
व्यवसायीहरुले जथाभावी शुल्क लिंदा सर्वसाधरणले फोटो र फारम वापत ८ सय रुपैंयासम्म तिर्न बाध्य हुंदै आएका थिए । सर्वसाधरणको गुनासो आएपछि शुल्क तोकिएको र पैसा तिरेको रसिद सहित फारम संकलन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए । जिल्लामै राहदानीको फारम संकलन शुरु गरेपछि दैनिक २० देखि २५ सम्म फारम संकलन भैरहेको प्रशासनले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग