Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका कुमाले संगठित वन्दै, १३ सदस्यीय समिती गठन

Published on 5:01:00 PM //


विष्णु पौडेल
सवैले आफ्नो जातीय अस्तित्व खोजिरहेका वेला गुल्मी जिल्लाका कुमालहरु पनि संगठित हुने, सभा सम्मेलनमा सहभागी हुने र आफ्ना हक अधिकार प्रति सजक हुन थालेका छन् । गुल्मीको अम्मरपुर गाविसमा कुमालहरुको विशेष वसोवास रहेको छ ।
जिल्ला भर छरिएर रहेका कुमालहरुले आज हाडहाडेका शेर वहादुर कुमालको अध्यक्षतामा १३ सदस्यीय कुमाल राष्ट्रिय मुक्ति मोर्चा नेपाल गुल्मी गठन गरेका छन् । अमरपुरको वुम्ममा भव्यताका साथ सम्पन्न प्रथम जिल्ला सम्मेलनले उक्त कार्य समिती चयन गरेको हो । समितीको उपाध्यक्षमा दर्लामचौरका नाम वहादुर कुमाल, खर्ज्याङ चन्द्र वहादुर कुमाल र तुराङका जगत मुखिया रहनुभएको छ । यसैगरी समितीको सचिवमा अमरपुरका  होमा कुमाल र सहसचिवमा अर्जेकी गीता कुमाल रहनुभएको छ ।
समितीको सदस्यहरुमा हाडहाडेका महल मुखीया, हस्तिचौरकी सरिता कुमाल र राम वहादुर कुमाल, पीपलधारका नारायण कुमाल र हस्त वहादुर कुमाल लगायतका सदस्य रहनुभएको छ । साथै सोही सम्मेलनले खज्याङ्गका मोति वहादुर कुमालको संयोजकत्वमा३ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । एकीकृत नेकपा माओवादी निकट कुमाल राष्ट्रिय मुक्ति मोर्चा जिल्ला सम्मेलनको उद्घाटन मगरात राज्य समिती सदस्य तथा गुल्मी क्षेत्र नम्वर ३ का संयोजक विर वहादुर कार्कीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका कार्कीले गुल्मी जिल्लामा रहेका ३० हजार वढि कुमालहरु संगठित नभएसम्म जातिय र वर्गिय मुक्ती सम्भव नभएको भन्दै त्यसको लागी सवै कुमालहरु टोलटोलवाट संगठित हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले कुमालहरु पुँजीपतिको गोठल्याईँ छाडेर आत्मनिर्भर तर्फ उन्मुख हुनुपर्ने सुझाव समेत दिनुभएको थियो ।
उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य तोयनाथ सापकोटा, यम वहादुर कुँवर, प्रेम वहादुर खत्री क्षेत्री, वुम्म प्राथमिक विद्यालयका शिक्षक वोम वहादुर थापा, सहिद परिवारकी सदस्य मनि कुमारी कुमाल, वाई सी एल नेपाल गुल्मीका सदस्य नरेन्द्र वहादुर महत, स्थानीय वुद्धिजीवि गोपाल महत, क्रान्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष प्रेम सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शेर वहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन होम वहादुर कुमालले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग