Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आममाफी दिने निर्णयले दण्डहिनतालाई अवश्य प्रश्रय दिएको छः पुर्व मन्त्री विष्ट

Published on 2:25:00 AM //


पि.एम.मगर
सर्वोच्चले जन्मकैद सुनाएका सभासद् वालकृष्ण ढुङ्गेलको कारवाही गर्न सघाउनुको सट्टा आममाफी दिने निर्णयले सरकार आफैले दण्ड हिनतालाई प्रश्चय दिएको पुर्व उर्जामन्त्री तथा एमाले केन्द्रिय सदस्य गोकर्ण विष्टले वताए ।
गुल्मीको वाँझकटेरीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वोल्दै विष्टले सरकारले यो निर्णयले ठुलालाई चैन र सानालाई ऐन भन्ने भनाई प्रमाणीत गरेको दावी गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विष्टले सस्तो लोकप्रियताका नाममा प्रधानमन्त्रीले मुस्ताङ गाडि चढेपनि एउटै चियापानमा २७ लाख खर्च गरेर राष्ट्रको ढुकुटी सिध्याउन लागेको वताए । कार्यक्रममा वाँझकटेरी मलायागिरी, अग्लुङ, पुर्कोटदह र म्यालपोखरी गरी पाँच गाविसका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए । 
निर्वाचन क्षेत्रीय कमिटीका अध्यक्ष अक्ष्मण पराजुलीको अध्यक्षता रहेको कार्यक्रममा क्षेत्रीय सल्लाहकार ओमप्रसाद भुसाल, प्रेस चौतारी नेपालसचिव शीव सुवेदी लगायतका विभिन्न गाउँ समितीका पदाधिकारी तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । निर्वाचन क्षेत्रीय कमिटीका सदस्य चुरामणि भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वाँझकटेरी गाउँ कमिटीका सह सचिव रामप्रसाद भुसालले गरेका थिए । यसैगरी भोली जैसीथोकमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम हुने जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग