Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सर्वसाधारणलाई गुणस्तर औषधी सेवा दिन सम्झौता

Published on 2:26:00 AM //


पि.एम.मगर
सुपथ मुल्यमा उच्च गुणस्तरका औषधी औजारहरु सर्वसाधारणलाई वितरण गर्ने लक्ष्यका साथ आज तमघास अस्पताल विकास समिति र साझा स्वास्थ्य सेवा वुटवल शाखावीच द्धिपक्षीय सम्झौता भएको छ । अस्पताल हाताभित्रै औषधी विक्री कक्ष सञ्चालन गरि सुपथ मुल्यमा गुणस्तरीय औषधी तथा उपचार सामाग्रीहरु साझा सेवामार्फत अस्पताल हाता भित्रवाट चौविसै घण्टा उपलव्ध गराउने उद्धेश्यका साथ द्धिपक्ष विच आज २० वुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको अस्पताल श्रोतले जनाएको छ ।
सेवा सञ्चालन संझौता पत्रमा तमघास अस्पताल विकास समितिका अध्यक्ष विरवहादुुर कार्की र साझा स्वास्थ्य सेवा, वुटवल शाखाका शाखा अधिकृत ठाकुरप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा सर्वसाधारणका लागि तमघास अस्पताल समितिको हाता भित्र विरामीहरुलाई आवश्यक पर्ने औषधी औजार विक्री वितरणका लागि साझा स्वास्थ्य सेवा केन्द्रले विक्री कक्ष सञ्चालन गर्नुपर्ने, विक्री कक्ष सञ्चालनका लागि भवन निर्माण गर्न अस्पताल हाताभित्र पायक पर्ने उपयुक्त स्थानमा समितिले जग्गा उपलव्ध गराउने तथा विक्री कक्ष सञ्चालन गर्न पाउने, स्थान उपलव्ध गराएवापत दोस्रो पक्षले विक्री कक्षवाट विक्री भएका औषधी उपकरण विक्रीको २ प्रतिशत रकम अस्पताल सहयोग स्वरुप मासिक रुपमा वुझाउनुपर्ने सहमति भएको छ ।
त्यस्तै अस्पतालमा उपचारका लागि आउने विरामीहरुलाई राहत स्वरुप खुद्रा वजार मुल्य भन्दा २ प्रतिशतसम्म सहुलियत दरमा आवश्यक औषधीहरु उपलव्ध गराउने, विक्री गरिएका औषधी औजारहरुको विक्री विलहरुका विषयमा समितिले आवश्यक ठानेमा माग गरी हेर्न सक्ने, म्याद सकिएका, विग्रीएका तथा नेपालमा प्रतिवन्धित औषधीहरु विक्री वितरण गर्न नपाईने, हरेक १० वर्षमा आपसी सहमतिमा भएका सम्झौताहरु पुनरावलोकन तथा नविकरण गरिने लगायतका वुँदाहरु सम्झौता पत्रमा उल्लेख छ । अस्पताल हाताभित्रै विक्री कक्षमार्फत सुपथ मुल्यमा उच्च गुणस्तरका औषधी औजारहरु विक्री वितरण हुँदा सर्वसाधारणहरु प्रत्यक्ष लाभाम्वित हुने दुवै पक्षको दावी रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग