Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मैत्रिको साधारण सभा सम्पन्न

Published on 4:47:00 PM //


विष्णु पौडेल
मैत्री बहुउधेश्य सहकारी सस्था लिमिटेडे गुल्मीको  १० औ साधरण सभा शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । सस्थाका उपाध्यक्ष दान बहादुर केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सस्थाका ब्यबस्थापक अर्जुन प्रसाद आचार्यले बार्षिक प्रतिबेदन, सस्थाका सदस्य खड्ग केसीले सस्थाको निती, लेखा संयोजक खुमानन्द घिमिरेले लेखा परि क्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा, जिल्ला बन कार्यलय गुल्मीका प्रमुख  शिबप्रसाद शर्मा , जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष हरि प्रसाद गौतम, जिल्ला कृषि कार्यलय गुल्मीका दोमलाल भुषाल, महिला स्वाबलम्बन बचत तथा ऋण सहकारी सस्थाकी राधा पन्थी लगायतले जिल्लामा सहकारीको महत्वका बिषयमा प्रकास पार्नुभएको थियो ।
कार्यक्रम मैत्री सहकारी सस्थाका अध्यक्ष बोम बहादुर खड्काको अध्यक्षता, पुर्व सांसद तथा जिल्ला दुग्ध उत्पादन सहकारी संघ गुल्मीका उपाध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्यता, स्थानीय बिकास अधिकारी हरिलाल रेग्मीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालनशंकर प्रसाद गौतमले गर्नुभएको थियो । ३६६ शेयर सदस्य संङ्ख्या रहेको सस्थाको एउटा उपशाखा रहेको छ भने संस्थाले जिल्लाका २० गाबिसमा लघुबित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग